मुस्ताङमा २ जनाको शव फेला

मुस्ताङमा २ जनाको शव फेला

जोमसोम : मुस्ताङमा बुधबार २ जना व्यक्तिको बेवारिसे शव फेला परेको छ। मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित कालिगण्की नदी दोभान र लोघेकर दामोदरकुण्ड जाने बाटोमा अलग\अलग व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

घरपझोङ –२ को मार्फा खोला र कालिगण्डकी नदी दोभानमा अन्दाजी ३७/३८ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए। पैदलयात्रा गर्दै गरेका एक विदेशी पर्यटकले कालिगण्डकी नदीको छेउमा बेवारिसे शव  अवस्थामा देखेपछि ति पर्यटकले स्थानीयले जानकारी गराएका थिए। कालिगण्डकी नदीमा मृत शव फेला परेको जानकारी पाएपछि स्थानीयले बिहान करिव १० बजे प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय जोमसोमबाट प्रहरी टोली घटना स्थलमा पुगेर शवको मुचुल्का र अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक तामाङले उल्लेख गरे।

प्रहरीले कालिगण्डकी नदीबाट शव निकालेर पोष्टमार्टमका लागि मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा राखेको जनाएको छ। छोटो दारी जुंगा पालेको, गोरो अनुहार भएको र मंगोलियन हुलिया भएको उक्त वेवारिसे शवको पहिचान हुन सकेको छैन। प्रहरीले बेवारिसे शव फेला परेका व्यक्तिको आफन्तको खोजीकार्य अघि बढाएको छ।

यस्तै समुन्द्री सतहदेखि अग्लो उचाईमा अवस्थित प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्डतर्फ जाँदै गरेका अन्दाजी ५५/६० वर्षीय एक भारतीय पुरुषको शव पनि बुधबार नै फेला परेको प्रहरीको भनाई छ। ति पुरुषको शव दामोदरकुण्ड पदमार्गको ढुङ्गेठाटी नजिक बिहान ७ बजे फेला परेको प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए।

उनका अनुसार उक्त मृत फेला परेका नागरिक मुक्तिनाथ मन्दिरमा बस्ने जोगी भएको बताइएको छ। दोमोदरकुण्ड जाने बाटोमा शव फेला परेपछि नजिकैको प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए। शव भेटिएको स्थानमा पुग्न प्रहरीलाई करिव ७–८ घण्टा लाग्नसक्ने प्रहरी निरीक्षक तामाङले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.