स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सन्धिखर्कले २ हजार रुपैयाँ दिने

स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सन्धिखर्कले २ हजार रुपैयाँ दिने

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । 

नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित कृष्णप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै वर्थिङ सेन्टर वा अस्पतालमा सुत्केरी हुने महिलालाई पोषणस्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

उनले पाणिनि बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार ४० जना छात्र–छात्रालाई निःशुल्क रुपमा अध्ययन गर्ने प्रबन्ध मिलाउने पनि बताए।

उनले नगरबासीको न्युनतम विद्युत महशुल भुक्तानी गरिदिनुका साथै नगरपालिकाभित्र संचालित लिफ्टिङ्ग खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत् महशुल भुक्तानी गर्ने बताए।

समृद्ध सन्धिखर्क निर्माणको मुल आधार भन्ने मान्यतामा रही गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता तथा कृषि र पर्यटनको विकास गरी रोजगारी सिर्जना गरेर वैदेशिक पलायन रोक्ने बताए।

व्यक्तिगत र दलिय स्वार्थभन्दा माथि उठेर सन्धिखर्क नगरपालिकाको समग्र विकासको महान अभियानमा सबै सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे  । उनले आफूले पदभार ग्रहण गरिरहँदा नगर भित्रका सिमान्तकृत वर्गका जनतालाई स्मरण गरिरहेको भन्दै उनीहरुको जीवनस्तर माथि उठाउन निरन्तर क्रियाशिल रहने बताए । 

 नगर उपप्रमुख मिश्रा आचार्यले नगरपालिका भित्र रहेका एकल महिला तथा एकल पुरुषको निशुल्क विमा गरिदिने प्रतिवद्धता जनाइन्।

पदभार ग्रहण गर्दै उनले  स्थानीय सरकार संचालन ऐनले दिएका अधिकारहरु र विधिको शासनको सीमाभित्र रहेर निष्पक्षता,तटस्थता ,पारदर्शिता ,जवाफदेहिता ,सहभागीता र भ्रष्टाचारमा शून्य सहनशीलताजस्ता सुशासनका आधारभूत मान्यतालाई कडाइका साथ पालना गरि इमानदारी र निष्ठा पूर्वक काम गर्ने, गराउने समेत प्रतिबद्धता जनाइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.