बर्दिवास नगर प्रमुखको उद्घोष : मेयर चढ्ने गाडीलाई मैले एम्बुलेन्स बनाए

बर्दिवास नगर प्रमुखको उद्घोष : मेयर चढ्ने गाडीलाई मैले एम्बुलेन्स बनाए

काठमाडौं : सेतो रंगको बा. २ झ ३७६१ नम्बरको गाडीमा रातो बत्ती भएको साइरन जडान हुनेछ। ६० लाखको यो गाडीले पार्किङमा अब बिरामी भएका आफ्न्तको खबर कुर्ने छन्। महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर बोकेर हिँड्ने त्यो गाडीले अब बिरामीको उपचारार्थ अस्पताल-कुद्ने छन्।

स्वतन्त्र तर्फबाट मेयर पदमा निर्वाचित भएका प्रह्लाद कुमार क्षेत्रीले बिहीबार पदभार ग्राहण गरे। मेयरको कुर्सीबाट उनले नगरबासीको पक्षमा पहिलो बोली बोले, ‘बर्दिबास नगरपालिकाको मेयर चढ्ने गाडीमा अब म चढ्दिन। यो गाडीलाई एम्बुलेन्स बन्छ। एम्बुलेन्सले नगरको विकट क्षेत्रका विरामी बोकेर अस्पताल पुर्‍याउँछ। स्थानीय स्तरमा प्रसूति गराउन नसकेर बाहिर लानु पर्दा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँछौं।’

नगरपालिकाले दिने कुनै सेवा, सुविधा नलिनेसमेत उनले घोषणा गरे। बरु नगरभरीका सुत्केरी आमालाई दिइने भत्तामा एक हजार थप गर्ने खुसीको कुरो सुनाए। गरिब तथा विपन्नको नागरिकको स्वास्थ्य बीमा नगरले निःशुल्क गरिदिने पनि उद्घोष गरे।

गर्भवती महिलाहरुलाई नियमित स्वास्थ्य जाँच गरी आमा बच्चा दुबैको स्वास्थ्य सुरक्षामा प्रभावकारिता ल्याउने उद्देश्यले नेपाल सरकारबाट हिमालीमा ३ हजार, पहाडी जिल्लामा २ हजार र तराईका जिल्ला १ हजार प्रदान गर्दै आएको छ। बर्दिवास नगरपालिकाभित्र बसोवास गर्ने सुत्केरी आमा तथा बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राख्दै अझै सुत्केरी भत्ता थप गरिएको मेयर क्षेत्रीको भनाइ छ।

 देउवाले टिकट खोसेका मेयर क्षेत्री को हुन्?

जेब्रा छापबाट मेयरमा प्रह्लाद कुमार क्षेत्री मेयर पदमा बाजी मारे। उनी २०७४ को स्थानी तथा प्रदेशको चुनावमा हार व्यहोरेका थिए। त्यतिखेर उनी कांग्रेसबाट लडेका थिए। बैशाख ३० को स्थानीय तहको निर्वाचनमा पार्टी दिएको टिकट खोस्यो। अनि उनी स्वतन्त्र उम्मेदवारी दिए। कांग्रेसका उम्मेदवार चिरञ्जिवी हमालको जमानत जफत मात्रै गराएनन् पूर्व शिक्षा मन्त्री तथा माओवादीका नेता गिरिराजमणी पोखरेलको पार्टीका उम्मेदवार राजु खड्कामाथि भारी मतले जित हासिल गरे।

क्षेत्री २०४९ सालमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजबाट नेविसंघबाट राजनीति गर्दै कांग्रेसको मुलधारको राजनीतिमा आएका थिए। क्षेत्र २०५८ सालमा तरुण दलको महोत्तरी क्षेत्र नम्बर १ को नेतृत्व पाए, २०६१ सालमा कोषाध्यक्ष पद पड्काए।

क्रसर व्यवसायीबाट आर्थिकस्तर उकासेका उनी २०७० सालमा बर्दिबास उद्योग वाणिज्य संघको अध्यक्षमा स्वतन्त्रबाट जिते। गैंडा छापबाट उनले वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित भएका थिए।

एमालेका पूर्वनेता तथा वाणिज्य संघका पूर्वअध्यक्ष सुरेश बहादुर राउतले उनलाई वाणिज्य संघको चुनावमा उम्मेदवार बनाएका थिए। चुनाव जितेपछि उनी कांग्रेसको सक्रिय राजनीतिमा फर्केका थिए। कांग्रेस तर्फबाट मेयर पदका उम्मेदवार बनेका हमाले उनलाई स्थानीय स्तरमा पार्टीमा स्थापित गर्न सहयोग गरेका थिए।

२०७२ सालको मधेस आन्दोलनबाट मेयर क्षेत्री त्यतिखेर एकाएक चम्किए। मधेशका सबै शहर, बजार बन्द हुँदा पनि बर्दिबास बन्द भएन। करण थियो–वाणिज्य संघ बन्द सधैंका लागि बन्द गर्ने निर्णय गरेको थियो। त्यसमा सबै स्थानीय राजनीतिक दलले साथ र समर्थन दिएका थिए। बर्दिबासले काठमाडौं डिजेल, पेट्रोल, खाना पकाउने ग्याँस पठाएको थियो।

गगन थापानिकट रहेका उनले २०७४ सालको स्थानीय र प्रदेशको चुनावमा टिकट हात पारेका थिए। नेता हमालले सहयोग गरेका थिए। तर, दुवै चुनावको नतिजा विपक्षीको पोल्टामा परेको थियो। तर, वैशाख ३० को स्थानीय तह चुनावमा प्रदेश तहबाट पाएको टिकट पार्टी सभापति शेरबहादुर देउवाले खोसे पनि उनी स्वतन्त्रबाट जितेरै छाडे।

२०७४ मा चुनाव हारेपछि समाजिक काममा सक्रिय रहे। नापी, मालपोतको श्रेस्ता, मोठ मात्रै ल्याएन बर्दिबासमा रक्तसंचारको भवन निर्माण गराएर नागरिकको जीवन बचाउन भूमिका खेले। त्यसले उनलाई लोकप्रिय मत दिलाएको छ।

मेयर क्षेत्रीका योजना

क्षेत्रीले बर्दिबास मेडिकल कलेजका पूर्वधार निर्माण विकास आयोजनालाई संघीय सरकारसँग समन्वय गरेर कार्यान्वयका लागि पहल गर्ने बताए। माध्यमिक शिक्षासम्म व्यवहारिक रुपमा पूर्ण निःशुल्क गराउँछु। एक वडा,  एक नमुना बिद्यालय बनाउने उनले सुनाए। गुणस्तरीय शिक्षाका लागि ‘मेरो बिद्यालय, मेरो भबिष्य’ योजना कार्यन्वयनमा ल्याउने योजना रहेको मेयर क्षेत्रीले उल्लेख गरे।

संस्थागत विद्यालयलाई व्यवस्थापन गर्न सेवा सुविधा अनुसारको नगरपालिकाले शुल्क निर्धारण गने उनको घोषणा पत्रमा उल्लेख छ। प्रत्येक वडामा उच्च शिक्षाका लागि ‘नगर छात्रवृत्ति कोष’ स्थापाना गर्ने उनले घोषणा गरेका छन्।

बर्दिबास अस्पतालमै गम्भीर विरामीको उपचारको प्रबन्ध मिलाउने उनले बताए। ‘अत्याधुनिक परीक्षण ल्याब तथा बिज्ञ चिकित्सक सहितको सुविधा सम्पन्न हस्पिटलको प्रबन्ध मिलाउँछौं’, मेयर क्षेत्रीले भने, ‘वडाका सरकारी स्वास्थ्य संस्थालाई जनमुखी बनाउँछौं।’ निजी स्वास्थ्य संस्थालाई नगरको मापदण्डभित्र राखिने उनले बताए।

‘तपाईंको स्वास्थ्य नगरको जिम्मेवारी’मार्फत नगरबासी परिवारहरुको स्वास्थ्य बिमा नगरमार्फत निशुल्क गरिने उनको घोषणा पत्रमा उल्लेख छ।

भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासलाई व्यस्वस्थित लालपूर्जा प्रदान गर्न प्रक्रिया अगाडि बढाउने मेयर क्षेत्रीले बताए।

पर्यटकीय पार्क र बसपार्क निर्माण गर्ने उनले बताए। ‘नगरभरी विद्युतीय नगर बस संचालनमा ल्याउँछु,’ उनले  चुनावी घोषणा पत्रमा उल्लेख गरेका छन्।

खानेपानीको चरम आभावलाई सुधार गर्ने मेयर क्षेत्रीले बताए। त्यसका लागि उनले एक घर, एक बुद्ध खानेपानी धारा’ कार्यक्रमको अवधारणा ल्याएका छन्। चुरे क्षेत्रको संरक्षण तथा अबैध रुपमा गरिने नदीनाला उत्खन्नलाई मापदण्डभित्र ल्याइने उनले जनाएका छन्।

किसानको खेतखेतमा माटोपरिक्षण तथा कृषि सम्बन्धि परामर्श सेवा उपलब्ध गराई उनले बताए। ‘किसानको जीवन स्तरमा सुधार ल्याउन कृषि बिमा योजना कार्यान्यनमा ल्याउँछु’, मेयर क्षेत्रीले भने, ‘कृषि तथा पशुपालनका लागि पोकेट क्षेत्र घोषणा गरेर काम अगाडि बढाउँछु।’ कृषि उत्पादनलाई नगरको कोल्ड स्टोरसम्म निःशुल्क ढुवानीको व्यवस्था गरेर डिजिटल बजारीकरणको प्रबन्ध मिलाइने उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.