चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

अर्घाखाँची :  अर्घाखाँचीको  वाङलामा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु  भएको छ। गुल्मी घर भइ सन्धिखर्क ४ वाङला स्थित मामाघर बस्ने ७ वर्षीय सम्राट नेपालीलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । 

मामाघर बसेर पढ्दै आएका नेपाली वाङलाको अमलडाँडामा स्कुल गएर फर्किएपछि खाजा खाएर खेल्न गएका बेलामा उनलाई चितुवाले आक्रमण गरेको थियो। चितुवाले घरभन्दा करिब १ किमी टाढा लगेर बायाँतर्फको साप्राको पुरै भाग खाएको अवस्थामा घरपरिवार तथा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अमर थापाले जानकारी दिए।

गुल्मीको रेसुङ्गा घर भएका नेपाली सन्धिखर्क-४, वाङला अमलडाँडा स्थित आफ्नो मामा लालबहादुर नेपालीको घरमा बसेर भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.