महोत्तरीमा जनप्रतिनिधिहरु पदभार ग्रहणसँगै योजना सुनाउँदै

महोत्तरीमा जनप्रतिनिधिहरु पदभार ग्रहणसँगै योजना सुनाउँदै

महोत्तरी : महोत्तरीका १५ पालिकामध्ये अधिकांश पालिकाका प्रमुखले पदभार ग्रहण गर्ने क्रममा जनमैत्री विकासका योजनाहरु सुनाएका छन्। उनीहरुमध्ये कतिपयले त तत्कालै  जनमानसलाई प्रत्यक्ष फाईदा हुने तवरको निर्णयहरुसहितको अवधारणा प्रस्तुत गरेका छन्। महोत्तरीका पालिकाहरुले गरेका केही निर्णयहरु :

बर्दिवास : स्वास्थ्य सेवाको हकमा अगाडि

गर्भवती महिलाहरुको हकमा नगरपालिकाले थप १ हजार रुपैयाँ थपेर जनही २ हजारका दरले यातायात खर्च पाउनेछन्। गर्भवती महिलाहरुलाई नियमित स्वास्थ्य जाँच गरी आमाबच्चा दुबैको स्वास्थ्य सुरक्षामा प्रभावकारीता ल्याउने उद्देश्यले नगरले थप १ हजार रुपैयाँ थप गरिएको मेयर प्रल्हाद कुमार क्षेत्रीले उद्घोष गरेका छन्।

मेयर क्षेत्रीले भने, ‘यसले गर्दा पालिकाभरिका महिलाहरुलाई स्थानीय स्वास्थ्य संस्थामा प्रसुती गराउनका लागि अभिप्रेरित हुनेछ। यसभन्दा अगाडि रकमकै अभावमा सर्वसधारणहरु प्रसुती सेवा घरमै गराउनुपर्ने वाध्यता रहेको थियो। अब अस्पतालमा जानु परे नगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनेछ।’ नगरभरिमा स्वास्थ्य बिमालाई थप प्रभावकारिता बनाउने मेयर क्षेत्रीले बताए।

उनले भने, ‘गरिब तथा विपन्न परिवारको हकमा वडाबाट सिफारिस लिएर आयो भने नगरले नि:शुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाउनेछ।’ नेपाल सरकारले यसअघि तराईको जिल्लाहरुमा १ हजार यतायात खर्च गर्भवती महिलाहरुका लागि उपलब्ध गराउदै आएको थियो।

भंगहा : किसानले बाह्रैमास सिंचाई

नगरभरिका खेतीयोग्य जग्गामा बाह्रैमास सिंचाईको व्यवस्थापन मिलाईने भंगहा नगरपालिका मेयर संजीव साहले उद्घोष गरेका छन्।

पालिकाका खेतीयोग्य जग्गाहरुमा वैकल्पिक विधि अपनाएर १२ औ महिना सिचाईको प्रवन्ध गरिने र नगरभरिका सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा निःशुल्क पठनपाठनको प्रवन्ध गर्नुको साथै नगरमा चाँडै १० सैययाको आधारभूत स्वास्थ्य संस्था संघीय सरकारको समन्वय र नगरपालिकाको पहलमा स्थापना गरिने नगरपालिकाले जनाएको छ। वडा कार्यालय र स्वास्थ्य चौकीहरुलाई समेत नागरिकमैत्री बनाई अनुकुल सेवा प्रदान गरिने नगरप्रमुख साहले जानकारी दिएका छन्।

गौशाला : स्वास्थ्य, शिक्षाको हकमा कुनै सम्झौता नहुने

नगरप्रमुख डा. दिपेन्द्र महतोले गौशालावासीले पहिलो प्राथामिकता स्वास्थ्य र शिक्षाको क्षेत्रमा उपलब्धि पाउनेछ। आफ्नो कार्यकालमा यी दुई अतिआवश्यक सेवाहरु सूचारु गर्नका लागि कसैसँग कुनै किसिमको सम्झौता नगरिकन सर्वसुलभ एवम् चुस्तदुरुस्त सेवा उपलब्ध गराईनेछ।

स्वास्थ्य र शिक्षालाई आधुनिकतासँग जोडेर यहाँ सर्वपक्षीय विकासको मोडालिटी तयार गरिने र सोही अनुरुप सेवा प्रदान गरिने नगरप्रमुख महतोले धारणा राखेका छन्। यहाँको स्वास्थ्य र शिक्षा निकै नै कमजोर अवस्थामा रहेकोले आफु त्यस तर्फ चाडै नै सुधारिने डा. महतोले उदघोष गरेका छन्।

सोनमा : गर्भवती महिलाको हकमा निःशुल्क एम्वुलेन्स

पालिकाभरिका दिर्घरोगी तथा गर्भवती महिलाको हक प्रदेश भरिका जुनसुकै अस्पतालमा जान मिल्ने गरी एम्बुलेन्स सेवा नि:शुल्क गरिने गाँउपालिकाका अध्यक्ष विश्वेश्वर यादवले बताएका छन्।

अध्यक्ष यादवले भने, ‘अब आर्थिक रुपले विपन्न परिवारका कोहि रोगी पनि यातायातकै अभावमा अकालमा ज्यान गुमाउन वाध्य हुनेछैन। गाँउपालिकाले त्यस्तालाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ।’ कृषिमा अधारित पालिका रहेकोले यहाँका किसानका लागि निःशुल्क सिंचाईको समेत प्रवन्ध गरिने अध्यक्ष यादवले प्रतिवद्धता जनाएका छन्। 

औरही : भाषण कम, काम बढी

औरही नगरप्रमुख प्रदीप खडकाले आफूले भाषणले होईन् काम गरेर जनताको मन जित्ने उदघोष गरेका छन्। मेयर खडाकाले भने, ‘ यस पालिकालाई प्रदेशभरिकै उत्कृष्ट पालिका बनाउनका लागि हरसम्भव प्रयासरत रहनेछु। पालिकालाई जनमैत्री बनाउनका लागि उत्कृष्ट तवरले यहाँ जनमैत्री विकासको लहर ल्याउनेछु।’ साथै नगरभरिका गर्भवती महिलालाई मधेश प्रदेश भरिमा निःशुल्क एम्बुलेन्स सुबिधा प्रदान गरिनुको साथै तीन महिनासम्म निःशुल्क रुपमा पञ्जीकरणको कामकाम हुनेछ। ,

मटिहानी : अधुरा कामकाज पूरा

विद्यालय आवातजावत गर्नका लागि नगरभरिका कक्षा ११ का छात्रालाई साइकल वितरण गर्ने पहिलो निर्णय भएको छ।

दोस्रोपटक मटिहानी नगरपालिकाको नगरप्रमुखको रुपमा पदभार ग्रहण गर्दै नगरप्रमुख हरिप्रसाद मण्डलले भने अब छोरीहरुको सहजताका लागि साइकल खरिद गरेर वितरण गर्नेछु। उनले भने, ‘अबको पहिलो कार्यकालमा अधुरा रहेका कामकाजलाई पूरा गर्नेछु। विशेष गरेर शिक्षा, स्वाथ्य र कृषि क्षेत्रको कामलाई प्राथमिकतामा राखि जनमैत्री कार्यसम्पादन गर्नेछु्।’ नगरभित्रको सडकलाई प्रदेश र संघीय सरकारको सहयोगमा आवश्यकताअनुसार दुई लेन, चार लेनको पक्की तथा कालोपत्रे सडक बनाउने नगरप्रमुख मण्डलले बताए।

त्यस्तै नगरपालिकाको नाममा चाँडै नै बारुणयन्त्र खरिद गरी जनताको सेवामा प्रयोगमा ल्याउने मण्डलले धारणा राखेका हुन। 

जलेश्वर : चौतर्फी विकासको अवधारणा ल्याउने

जिल्ला सदरमुकाम एवम् सवैभन्दा पुरानो नगरपालिकाको रुपमा जलेश्वरलाई चिनिन्छ।

जलेश्वरमा चौतर्फी विकासको आवश्यक्ता सर्वसधारणले महसुस गर्दै आएका छन्। यसैलाई ध्यानमा राख्दै नगरप्रमुख सुरेश साह सोनारले क्रमिक रुपमा यहाँको हरेक क्षेत्रमा विकास भएको अनुभव गराउने किसिमले कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका छन्। जलेश्वरमा प्रायः शिक्षा, स्वास्थ्य, सरसफाई, वजार व्यवस्थापन, खेलकुदलगायतका चौतर्फी विकासको आफ्नै कार्यकालमा पूरा गरिने धारणा राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.