प्याराग्लाईडिङ् सिक्ने क्रममा खस्दा अर्याल घाईते
स्याङ्जा : प्याराग्लाइडिङ् सिक्ने क्रममा खसेर एक बालिका घाईते भएकी छन्। स्वरेक मैदानका १८ वर्षिया लक्ष्मी अर्याल घाईते भएकी हुन्।
भीरकोट नगरपालिका-८ स्वरेक मैदानमा शुक्रवार दिउँसो सिक्ने क्रममा खस्दा अर्याल घाईते घाईते भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
घाइते अर्याललाई हेलिकप्टरमार्फत उपचारको लागि पोखरा पठाइएको छ। प्रभु एयरको हेलिकप्टरले पोखरा लगेर मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको बताइएको छ।
घाइते बालिकाको टाउका र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।