दार्चुलामा साहित्य महोत्सव

दार्चुलामा साहित्य महोत्सव

दार्चुला : दार्चुलामा बृहत् साहित्य महोत्सव सुरु भएको छ। ताराकिसन फाउन्डेसनको आयोजना तथा दार्चुला साहित्य समाजको सहकार्यमा पहिलोपटक महोत्सव भएको हो। महोत्सव शुक्रबार र शनिबार दुई दिन चल्नेछ। महोत्सवमा देशभरका साहित्यकारहरूको सहभागिता छ। 

महाकालीका मेयर नरसिंह चैसिरले सदरमुकाम खलंगामा महोत्सवको उद्घाटन गरे। दार्चुलाको संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव आयोजना गरिएको हो। दार्चुलाको साहित्य र संस्कृति चिनाउन नगरपालिकाको पूर्ण सहयोग गर्ने मेयर चैसिरले रहने प्रतिबद्धता व्यक्त गरे। 

सुदूरपश्चिम विश्व विद्यालयका पूर्ण उपकुलपति अमराज जोशीले सुदूरपश्चिमको संस्कृति पहिचान गराउन आफूहरूले भूमिका खेलिरहेको बताए। ‘यहाँको संस्कृति र साहित्य चिनाउन हाम्रो प्रयास निरन्तर छ’, उनले भने। नाट्यकार अशेष मल्लले दार्चुलाको संस्कृतिले अब काठमाडौं झकझकाउनुपर्ने बेला भएको बताए। उनले भने, ‘पर्यटक भित्र्याउन यहाँको संस्कृति बिक्री गर्नुपर्छ। 

त्यसका लागि यस्ता साहित्य सम्मेलन जिल्लामा मात्र नभई दार्चुलाको संस्कृति काठमाडौंमा प्रस्तुत गर्नुपर्छ।’  संस्कृतिको संरक्षण र पहिचान गर्न यहाँका महिलाको अग्रसरता रहेको प्रा.डा. लक्ष्मण गौतमले बताए। प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले साहित्य अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए। महोत्सवमा व्यासी शौका समुदायको झाकी, दुहुँ र व्यासको सरौ नाच, गौरा पर्वको नाच, दमाहा बाजा, छलिया नाचलगायतको प्रस्तुति देखाइएको थियो। महोत्सवमा चर्चित साहित्यकारको सहभागिता छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.