मुद्दा परेका वडाध्यक्ष निलम्बनमा : अख्तियारले माग्यो आयोगको जवाफ

मुद्दा परेका वडाध्यक्ष निलम्बनमा : अख्तियारले माग्यो आयोगको जवाफ

नुवाकोट : नुवाकोटमा वडाध्यक्षमा निर्वाचित एक जना व्यक्तिको विरुद्ध विशेष अदालतमा आर्थिक अनियमितता सम्वन्धि मुद्धा चलिरहेको रहस्य खुलेपछि उनी निलम्वनमा परेका छन्। उनको पद निलम्वनमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

सदरमुकाम रहेको विदुर नगरपालिकाको एक वडामा निर्वाचित वडाध्यक्षको रकम हिनामिना सम्वन्धी मुद्धा विशेष अदालतमा गत २०७६ साल भदौ २० गतेदेखि चलिरहेको विषयमा विभिन्न निकायमा उजुरी दायर भएपछि अख्तियाले चासो लिएर उनको पद निलम्वनमा परेको जनाएको छ। विदुर नपा, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासनलगायतका कार्यालयमा रकम हिनामिना सम्वन्धि मुद्धा चलिरहेका व्यक्ति विरुद्ध उजुरी दर्ता भएसंगै पद निलम्वनमा परेको अख्तियारको भनाई छ।

विदुर-९ को वडाध्यक्षमा कांग्रेस माओवादी गठवन्धनवाट उम्मेदवार वनेर स्थानीय हरिराम भण्डारी मुद्धा चलिरहेकै अवस्थामा उम्मेदवारी दिएर माओवादी केन्द्रका तर्फवाट निर्वाचित भएको र सपथग्रहण रोक्न माग गर्दै गत सोमवारै विदुरमा सोही वडाका २० जना व्यक्तिहरुले नगरपालिका कार्यालयमा ५७५० नं. मा दर्ता  गरेको उजुरीमा उल्लेख रहेको छ। उक्त उजुरीको कुनै सुनुवाई नभएको उजुरीकर्ताहरुको गुनासो रहेको छ।

निलम्वित वडाध्यक्ष भण्डारीको विशेष अदालतमा मुद्धा नं. ०७६ सिआर ००६३ वाट विशेष अदालत काठमाडौमा रकम हिनामिना भ्रष्टाचारको मुद्धामा सरकारकै तर्फवाट अभियोग दायर भई यहि २०७९ वैशाख २० गते मुद्धा पेशीमा चढी कारवाहीसमेत चलिरहेको सोही वडाका शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनवहादुर वोगटी, सीता वोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्धाको विवरणसहित विदुर नगरपालिका कार्यालयमा पेश गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिष उमेशप्रसाद लुइटेलसमक्ष लिखित जानकारी गराइसकिएको उजुरीकर्ताहरु वताउँछन्।
 
यस सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले रकम हिनामिना सम्वन्धि मुद्धा परिरहेका व्यक्तिले सार्वजनिक पद धारण गर्न नमिल्ने भएका कारण उनी निलम्वनमा परेको वताए। अन्य विषयमा भने निर्वाचन आयोगलाई मुद्धा परेका हरिराम भण्डारीका वारेमा लेखेर जवाफ दिन पत्र लेखेर पठाइसकिएको वताए।
 
विशेष अदालतमा मुद्धा चलिरहेकै वेलामा वडाध्यक्षमा निर्वाचित भण्डारीको सपथग्रहण रोक्न माग गर्दै वडावासीले एक साता अगाडि नै उजुरी दिएका थिए। वडावासीले सपथग्रहण रोक्न माग गर्दै उजुरी दिएपनि भण्डारीले पद तथा गोपनियताको सपथग्रहण गरेका थिए।

नेपाल सरकार वादी भई गत २०७६ साल भदौ २० गतेदेखि हरिराम भण्डारीसहित तीन जना विरुद्ध विशेष अदालतमा रकम हिनामिना सम्वन्धि मुद्धा चलिरहेको छ। विभिन्न स्थानमा उनलाई कारवाहीको माग गर्दै उजुरी परेपछि पनि भण्डारीले सपथग्रहण गरेर वडा कार्यालयमा गएर विविध कार्य गरेका थिए। 

यहि जेठ ९ गते सोमवार सपथग्रहण गरेका हरिराम भण्डारीले मुद्धा चलिरहेकै अवस्थामा अर्का वडा सदस्य राजकुमार श्रेष्ठलाई कावा वडाध्यक्षको कार्यभार दिइएको पत्र लेखेर छोडेका छन्। निलम्वित वडाध्यक्षले सपथ खाएर वडा कार्यालयमा गएर गरेका कार्यको वैधतामाथिसमेत प्रश्न उठेको छ।

श्रेष्ठलाई कावा वडाध्यक्षको पत्र थमाएर हरिराम भण्डारी सम्पर्कविहीन भएका छन्। यस सम्वन्धमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले रकम हिनामिना सम्वन्धि मुद्धा चलिरहेका व्यक्तिले सार्वजनिक पद धारण गर्न नमिल्ने र मुद्धाको अन्तिम पैmसला नभएसम्म उनको पद निलम्वनमा परेको प्रष्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.