पाणिनी गाउँपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत

पाणिनी गाउँपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत

अर्घाखाँची : पाणिनी गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ। आज भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका क्रमश: तारा पौडेल, राधा घिमिरे, लक्ष्मी सुनाखरी, शान्ता गौतम, विन्दु परियार र मानबहादुर विश्वकर्मा कार्यपालिका सदस्यमा विजयी भएसँगै कांग्रेस बहुमतमा भएको छ।

कांगेसको तर्फबाट निर्वाचित ६ जनासहित वडाध्यक्षहरु कमलप्रसाद पोख्रेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली र कृष्णप्रसाद पौडेलले प्रतिनिधित्व गर्ने भएका हुन। एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, वडाध्यक्षहरु हरिप्रसाद घिमिरे, इन्द्रमणि घिमिरे, गुनाखर अधिकारी र रोमबहादुर पाण्डेले कार्यपालिकामा प्रतिनिधित्व गर्छन।

आज सम्पन्न निर्वाचन सँगै पाणिनी गाउँपालिकाको कार्यपालिकामा एमालेको तर्फबाट ६ जना र कांग्रेसको तर्फबाट १० जना गरी १६ सदस्यीय कार्यपालिका बनेको पाणिनी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गाउँसभामा एमालेको तर्फबाट २० सदस्य र कांग्रेसको तर्फबाट २४ सदस्य सहित ४४ जना सदस्य गाउँसभामा सहभागी हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.