८४ वर्षका जेष्ठ नागरिकलाई  शितगंगाले सम्मानस्‍वरुप २५ हजार रुपैयाँ दिने

८४ वर्षका जेष्ठ नागरिकलाई  शितगंगाले सम्मानस्‍वरुप २५ हजार रुपैयाँ दिने

सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकाले नगर भित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मानस्वरुप २५ हजार रुपैयाँ दिने भएको छ । 

शितगंगा नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मानस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख छबिलाल पौडेलले बताए । 
उनले वृद्धा अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि  सहज होस् भनेर रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।

यस्तै, प्रथम कार्यपालिकाको बैठकले नगरपालिकाभित्र प्रयोग गर्ने गरी २ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । सुत्केरी तथा गर्भवती महिला र विपन्न वर्गका मानिसलाई नि:शुल्क एम्बुलेन्स सञ्चालन हुनेछन् । अन्य व्यक्तिका लागि पनि निशुल्क प्रयोग गर्नेगरी एम्बुलेन्स खरिद गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए । 

उनले नगरपलिका भित्र १२ कक्षासम्मको शिक्षा नि:शुल्क गर्ने समेत बैठकले निर्णय गरेको बताए ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत खनालले नगरपालिका निमार्ण भएसँगै ५ वर्षमा नगरपालिकाले प्राप्त गरेका उपलब्धीसहितको कार्य विवरण जनप्रतिनिधमाझ प्रस्तुत गरेका थिए । 

जिविस छदाकै करिब ५ करोड बेरुजु नगरमा देखिएको बताउँदै अहिले बेरुजु कम गराउन सबै कर्मचारी तथा जनप्रतिनिधिहरु समेत सजक रहेको बताए  । सधैं आन्तरिक आम्दानीको ५ वर्षको अवस्था सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत खनालले आम्दानीका अन्य बाटो खोजेर नगरको आन्तरिक आम्दानी बढाउने आधार रहेको बताए। 

साथै, टुक्रे योजनाले विकास निमार्णमा प्रगति गर्न नसकिएको बताउँदै आगामी वर्ष ५ लाख भन्दा साना योजना निमार्ण नगर्न जनप्रतिनिधिलाई सुझाव दिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.