नीतिद्धारा सहिदको सम्मान हुनुपर्छ : सभापति थापा
स्याङ्जा : सहिद महेन्द्र शाहको ४३ औं स्मृति दिवस शनिवार सातौं स्थित महेन्द्र पार्कमा मनाइएको छ। सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानको आयोजनामा पुतलीबजार नगरपालिका-१४ स्थित महेन्द्र पार्कमा स्मृति दिवस मनाइएको हो।
पार्कमा निर्मित शाहको शालिकमा माल्र्यापण गर्दे संविधानसभा सदस्य एवं कांग्रेसका जिल्ला सभापति राजु थापाले राज्यले नीति बनाएर सहिद र उनका परिवारका उचित सम्मान गर्नुपर्ने बताए। उनले भने, ‘सहिद कुनै पार्टी र समूहका होइनन्, उनीहरु राष्ट्रकै गहना, निधी र मार्गदर्शक हुन।’
जनहित विपरितका शासन ब्यवस्था परिवर्तनका लागि योगदान पुर्याएका महान सहिद र अन्य घोषित सहिदका वर्गीकरणगरेर राज्य अघि बढ्नु पर्नेमा उनले जोड दिए।
निरंकुश एकदलिय शासन ब्यवस्थाका विरुद्ध लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आफ्नो ज्यानै आहुती दिने ती महान सहिदका कारण आज हामी यो अवस्थामा आइपुगेको उनको भनाई छ। ‘जबसम्म राज्यले सहिदलाई उच्च सम्मान गर्दैन, तवसम्म राजनीतिक संस्कार राम्रो बस्दैन।’ सभापति थापाले भने, ‘यसको सुरुवात लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले नै सुरुवात गर्नुपर्छ।’
उनले महेन्द्र पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रसंगै बिस्तारगरी पुतलीबजारको नमूना पार्क निर्माण गर्ने बताए। स्याङ्जा सदरमुकामदेखि पैदल मार्ग लामागे हुदै सतौंचण्डीको दर्शन र पार्कमा बिश्राम सहित खर्सु, थाप्ले हुदै शिरुवारीसम्मको यात्रा तयगरी धार्मिक पर्यटकीय नगरी बनाउनका लागि दिर्घकालिन योजना अनुरुप अघि बढ्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी गिरी, कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, महासमिति सदस्य इन्जिनियर अनुप श्रेष्ठ, गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, कांग्रेस नेता सुजन गहतराज, क्षेत्रीय सहसचिव सूर्य लामिछाने, वडा अध्यक्ष जितेन्द्रप्रका मल्ल, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, नेकपा माओवादी केन्द्रका मित्रबन्धु पौडेल, तरुण दलका उपाध्यक्ष रविन केसी लगायतले सहिद शाहका योगदान र बलिदानीका बारेमा चर्चा गर्दै नमूना पार्क निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए।
यसैगरी, प्रतिष्ठानका अध्यक्ष शेरबहादुर राना, उपाध्यक्ष हुमनाथ ढकाल, सदस्य कोैशिला पौडेल, सचिव गणेश ढकालले पार्क निर्माणदेखि हालसम्मका गतिबिधीका बारेमा जानकारी गराए।
निरंकुश पञ्चायती शासन ब्यवस्थाविरुद्ध २०३६ साल जेठ १४ गतेका दिन बिद्यार्थी आन्दोलनमा क्रममा हालको पुतलीबजार नगरपालिका-१ स्थित सहिद चोकमा १९ वर्षको उमेरमा तत्कालिन सुरक्षाकर्मीको बन्दुकका गोली लागेर मारिएका हुन्।
सदरमुकाममा गोली लागेका उनी छटपछिटै झण्डै सय मीटर पर अभियानपथमा पुगेर ढलेका उनी, त्यसपछि उठ्नै सकेनन्। त्यहीं नै उनको मृत्यु भयो।
हालको पुतलीबजार १४ सतौंमा जन्मेका उनी बुटवलमा उच्च शिक्षा अध्ययन गर्थे। उनी त्यतीवेला १८ बर्षका थिए भने नेपाल बिद्यार्थी संघमा आवद्ध थिए।
जेठ १४ को दिनको दिनको स्मरण गर्दे नेपाली कांग्रेसले सहिद शाहकै जन्मथलो सतौं स्थित सहिद महेन्द्र पार्कमा र शालिक निर्माणगरी प्रत्येक बर्ष बिविध कार्यक्रम गर्ने गर्दछ।मेघबहादुर शाह र मुमा हिराकुमारी शाहका एकमात्र छोरा महेन्द्र शाह २०१८ साल चैत २७ जन्मेका हुन। तत्कालिन पञ्चायती शासकको दमनमा स्याङ्जा बजार स्थित सहिदचोकमा गोली लागेर जेठ १४ गते १८ बर्षको अल्पायूमै उनले सहादत प्राप्त गरे।