रसुवागढी नाका जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड बजेट

रसुवागढी नाका जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड बजेट

रसुवा : नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

आउँदो आर्थिक वर्ष २०७९/८० को लागि गल्छी त्रिशूली बेत्रावती स्याफ्रुबेसीसम्मको ६२ किलोमिटर र स्याफ्रुदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडकको स्तरोन्नतिको लागि बजेटको व्यवस्था गरिएको हो।

आइतबार संसदमा प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममा उक्त योजना समावेश गरिएको हो। रसुवागढी नाका जोड्ने यो सडकको अहिले स्तरोन्नतिको काम चलिरहेको छ। गल्छी मैलुङ, मैलुङ स्याफ्रु र स्याफ्रु रसुवागढी गरी तीन भागमा विभाजन गरेर काम भइरहेको छ।

योजना प्रमुख निरज शाक्यका अनुसार गल्छी मैलुङ सडक खण्डमा कालोपत्रे गर्ने, मैलुङ स्याफ्रु सडक खण्डमा ग्राभेल गर्ने तथा स्याफ्रु रसुवागढी सडक खण्डमा पोल सार्ने काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.