गुलरिया नगर कार्यपालिका सदस्यमा कांग्रेसबाट ६ जना निर्वाचित
गुलरिया : स्थानीय तह निर्वाचन अन्तर्गत गुलरिया नगरकार्यपालिका महिला, दलित वा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसबाट ६ जना निर्वाचित भएका छन्। गुलरिया नगरकार्यपालिकाको निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले गठबन्धन गरेका हुन्।
गुलरिया नगरकार्यपालिका महिला सदस्य पदमा कांग्रेसबाट शोभा भण्डारी (३७), शान्ता परियार (३७), कालीदेवी थरुनी (३६) र निर्मला मैनाली (३५) मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गुलरियाका सहायक निर्वाचन अधिकृत प्रकाश देवकोटाले जानकारी दिए।
महिला सदस्य पदमा जनता समाजवादी पार्टी नेपालबाट मानोरानी रैदास (६०) मत प्राप्त गरी विजयी भएकी छिन्। कार्यपालिकाको निर्वाचनमा रैदासले सबैभन्दा बढी मत ल्याएर जित सुनिश्चित गरेकी हुन्।
दलित वा अल्पसंख्यक सदस्यतर्फ कांग्रेसबाट नैन बहादुर सुनार (४०), जीवन लाल लोध (३५) मत प्राप्त गरी विजयी भएका छन्। जनता समाजवादी पार्टी नेपालका तारा बहादुर सुनारले (३८) मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत देवकोटाले बताए।
नगरकार्यपालिकाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमाले पनि सहभागीता थिए। गुलरिया नगरकार्यपालिका अन्तर्गत महिला सदस्यतर्फ ५ र दलित वा अल्पसंख्यक सदस्यतर्फ ३ गरी ८ सदस्य पदका लागि निर्वाचन गरिएको हो।