रसुवागढी नाका जोड्ने गल्छी–मैलुङ सडकमा २६ किलोमिटर कालोपत्रे

रसुवागढी नाका जोड्ने गल्छी–मैलुङ सडकमा २६ किलोमिटर कालोपत्रे

रसुवा : नेपाल र चीनबीच हुने द्विपक्षीय व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी मैलुङ सडकखण्डमा २६ किलोमिटर कालोपत्रे गरिएको छ। हालसम्म २६ किलोमिटर क्षेत्रमा कालोपत्रेको काम सकिएको र ३०.३४ किलोमिटर क्षेत्रमा पहिलो लेयरको कालोपत्रे भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

कोभिड–१९, स्थानीयको अवरोध तथा अदालतको स्टे अडरको कारणले कालोपत्रेको काममा ढिलाई भएको योजना प्रमुख निरज शाक्यले बताए। उनका अनुसार ८.३ किलोमिटर क्षेत्रमा अदालतको स्टे अडरको कारण काम रोकिएको र ५ किलोमिटर क्षेत्रमा मुआब्जा विवादको कारण काम अघि बढ्न नसकेको हो।

रसुवागढी नाका जोड्ने पहिलो खण्डको रूपमा रहेको गल्छी मैलुङ सडकखण्डको स्तरोन्नतिको काम करिब ७५ प्रतिशत सम्पन्न भएको योजनाले जनाएको छ। नाका जोड्ने छोटो दूरीको रूपमा रहेको गल्छी रसुवागढी सडकखण्डलाई तीन भागमा विभाजन गरेर स्तरोन्नतिको काम हुने छ। गल्छी–मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ।

दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकखण्डको काम अहिले रोकिएको छ। त्यसैगरी स्याफ्रु रसुवागढी सडकखण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकोमा अहिले बिजुलीको पोल सार्ने कार्य अन्तिम चरणमा पुगेको छ। यस खण्डमा पनि मुआब्जाको काम सकिएको छैन।

नाका जोड्ने सडक खण्डमा निर्वाध रूपमा काम गर्नका लागि स्थानीय तह र स्थानीय प्रशासनको सहयोगको अपेक्षा रहेको योजना प्रमुख शाक्यले बताए। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रु सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन।

मैलुङ¬स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.