तारा एयरको जहाज दुर्घटना : एक जनाको शव अझै भेटिएन
जोमसोम : दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजमा सवार एक जनाको शव अझै फेला परेको छैन। दुर्घटनामा जहाजमा सवार २२ जनाकै मृत्यु भएको थियो। जसमध्ये १० जनाको शव काठमाडौं लगिएको छ भने बाँकी १० जनाको शव आधारमा ल्याएको छ। एक जनको शव खोँचमा रहेकाले ल्याउन नसकिएको नेपाली सेनाले जनाएको छ।
जहाज दुर्घटना भएको ठाउँ सानोसरेको नजिकै खोँचमा रुखमा अड्किएर बसेका शव निकाल्न मौसमले साथ नदिएको सेनाको भनाई छ। खराब मौसमका कारण दिउँसो करिब २ बजे शव उद्दार कार्य स्थगित गरिएको थियो।
खराब मौसमका कारण उच्चलेकको सानुसरे पहाडमा जम्मा गरिएको १० शव भने बेसी झार्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। जहाज दुर्घटना भएको स्थानमा संकलन गरिएको १० शव भने सोही स्थान नजिर्कको सुरक्षा निकायको आधार शिविरमा राखिएको प्रजिअ शर्माले बताए।
आधार शिविरमा १४ जना नेपाली सेना र २ जना प्रहरी टेन्ट टाँगेर बसेको प्रजिअ शर्माले जानकारी दिए। उद्दारका लागि खटिएको बाँकी सुरक्षाकर्मी भने बेसी झरिसकेको उनले जनाए