कालीप्रसादको एकल कन्सर्ट

कालीप्रसादको एकल कन्सर्ट

काठमाडौं : स्थानीय तहको निर्वाचनका कारण रोकिएको गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको एकल कन्सर्ट ‘कालीप्रसाद बाँस्कोटा लाइभ’ यही जेठ २१ गते दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कले कालीप्रसादको एकल कन्सर्ट आयोजना गर्न लागेको हो। पोजेटिभ भाइब्सका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउन्ड, एलईडी स्क्रिनमा कालीप्रसाद सुनिने छन्। कार्यक्रममा अन्य कलाकारहरूको आकर्षक नृत्य राखिएको छ।

कालीप्रसादका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुति हो। उनले गाएका गीतहरू ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’लगायत लोकप्रिय छन्। काली केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सारेगमप’को निर्णायकसमेत हुन्। यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.