पोखरा एयरपोर्टमा उडान फेरि सुचारु, के कारणले पल्टियो रिफ्युलर ?

पोखरा एयरपोर्टमा उडान फेरि सुचारु, के कारणले पल्टियो रिफ्युलर ?

पोखरा : जहाजमा इन्धन भर्न हिँडेको ‘रिफ्युलर’पल्टिँदा उडान अवरुद्ध भएको पोखरा विमानस्थलको सेवा फेरि सुचारु भएको छ। बुद्ध एयरको जहाजमा पौने ८ बजे तेल भर्न जाँदा  ‘रिफ्युलर’ पल्टिएपछि जहाज आवागमन रोकिएको थियो।  

‘रिफ्युलर’गाडीलाई क्रेनको सहायताबाट निकालेपछि अहिले उडान फेरि चालु भएको पोखरा एयरपोर्टका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। इन्धन बोकेर गएको रिफ्युलर गाडी विमानस्थल परिसरभित्र टायर भासिएर पल्टिएको सुवेदीले बताए। ‘तेल पोखिएको हुँदा आगलागी हुन्छ कि भनेर सफा गर्न केही समय उडान रोकेका थियौं,’ उनले भने, ‘सफा गरेपछि अहिले उडान सुरु भइसक्यो।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.