शव बोक्न रिक्साकै सहारा

शव बोक्न रिक्साकै सहारा

महोत्तरी : संघीय सरकारको नीति–कार्यक्रम तथा बजेट प्रस्तुत भएको २४ घण्टा नबित्दै गौशालामा एक व्यक्तिको शवको व्यवस्थापनको निम्ती रिक्सा प्रयोग भएको पाइएको छ। अर्थमन्त्री जनार्दन शर्माले खर्बौंको बजेट व्यवस्थापन गर्दासमेत गौशालामा आर्थिक अभावकै कारण मुसहरका परिवारलाई रिक्साको सहारा लिनुपर्ने बाध्यता छ।

गौशाला नगरपालिका–५ निगौल गाई गौशालाको सडक छेउमा स्थानीय ५० वर्षीया  फगुनिया सदा मुसहरको गएराति मृत्यु भएको थियो। मृत्यु भएको १८ घण्टापछि उनको परिवारले रिक्साको साहारामा मृतकको शव व्यवस्थापन गरे। 

नगरपालिकामा शव वाहनको व्यवस्थापन नभएकै कारण आर्थिक रूपले विपन्न रहेको मुसहरको परिवार रिक्साको सहारा लिन बाध्य भएको स्थानीय दलित अधिकारकर्मी रन्जित कनौजियाले बताए। उनले भने, ‘प्रहरीले घटनास्थलमा गएर मुचुल्का उठाएर फर्कियो। शव व्यवस्थापनका निम्ती कुनै सरोकारवाला निकायले चासो देखाएनन्। अनि बाध्य भएर उनको परिवारले जसोतसो शव व्यवस्थापनमा जुटेका हुन्।’ 

कनौजियाका अनुसार निगौल गाई गौशालाको व्यस्त सडकको पेटीमा मान्छे मर्दासमेत गौशालावासीमध्ये कसैको ध्यान नजानु दुखद् छ। देशमा ३ तहका सरकार छन्। तर, मान्छे मरेको १८ घण्टा बित्दासमेत शव व्यवस्थापनको निम्ती कहीँकतैबाट पहलकदमी हुन नसक्नु दुखद हो।’ शव व्यवस्थापनका निम्ती उनका परिवारलाई गौशाला–५ का नवनिर्वाचित वडाअध्यक्ष ओमप्रकाश गुप्ताले ५ हजार सहयोग गरेको कनौजियाले बताए।  गरिबी र अज्ञानताले रक्सी खाएर मातिदै हिँड्ने मृतक मुसहर प्रायः सोही सडकको छेउमा रातिको समयमा आश्रय लिँदै आएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.