ह्यात होटलसँग मिलेमतो गरेको भन्दै तारागाउँ विकास समितिका अध्यक्ष बर्खास्त
काठमाडौं : सरकारले तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई बर्खास्त गरेको छ।
ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ गरेर सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट न्यौपानेलाई बर्खास्त गरेका हुन्।
अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र तारागाउँ समितिको कार्यालयमा दर्ता गरिसकिएको छ।
समितिको ऐनमा अध्यक्ष पद आलंकारिक हुने भए पनि न्यौपाने नियमित कार्यालय जाने र मासिक तलब सुविधासमेत लिने गरेको गुनासो विकास समितिका कर्मचारीहरुको थियो।