सात किसान राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मान
काभ्रे : जिल्लाको कृषि ज्ञान केन्द्रले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारद्वारा किसानहरुलाई नगदसहित सम्मान गरिएको छ।
मंगलबार धुलिखेमा एक कार्यक्रमबीच जिल्लाको ४ जना उत्कृष्ट कृषक र सिन्धुपाल्चोकको ३ कृषकलाई नगर १५ हजारसहित सम्मान गरिएको हो।
यो वर्षमा कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत कृषि ज्ञान केन्द्र धुलिखेल काभ्रेले सूचना जारी गरेर कृषकहरु मध्ये छनोट भएका ७ जनालाई सम्मान गरिएको हो।
काभ्रेबाट २८ कृषकहरूले र सिन्धुपाल्चोकबाट १० जना कृषकहरूले निवेदन दिएकोमा काभ्रेका ४ जना र सिन्धुपाल्चोक जिलाका ३ जना गरी ७ जना उत्कृष्ट कृषकहरूलाई सो सम्मान गरीएको हो।
काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ८ मा अवस्थित एलिस्का कृषि फर्मका सञ्चालक दिपेश चन्द्र तामाङ, बनेपा नगरपालिका वडा नं. १३ स्थित झ्याम्मल कृषि फर्मका सञ्चालक कमला तामाङ, मण्डनदेउपुर नगरपालिका वडा नं. ६ स्थित मडिल कृषि फर्मका सञ्चालक राजेन्द्र ढकाल र बनेपा नगरपालिका वडा नं. ४ की अप्सरा घिमिरे तिमल्सिना नगद सहित सम्मानित भएको छ।
राष्ट्रपति उत्कृष्ट कृषक सम्मान कार्यक्रममा सम्मानित हुने सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिका वडा नं. ११ स्थित इन्द्रावती पशुपालन तथा कृषि फर्मका सञ्चालक भिमप्रसाद दुलाल, हेलम्बु गाउँपालिका वडा नं. २ स्थित युवा सिर्जनशील कृषि तथा पशुपालन फर्मका सञ्चालक डिन्डुप तामाङ र मेलम्ची नगरपालिका वडा नं. ११ का न्युरचुङ तामाङ नगद १५ हजार रुपैयाँसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेका हुन्।