के-केमा परिवर्तन भयो भन्सार दर?

के-केमा परिवर्तन भयो भन्सार दर?

काठमाडौं : भन्सार विभागले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७९ ले प्रस्ताव गरेका महसुल दर परिवर्तन गरेको छ। विभागले जेठ १७ गते विधेयकमा भन्सारतर्फ गरिएका मूलभूत व्यवस्था तथा परिवर्तनका सूचना प्रकाशित गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेटसँगै प्रस्तुत गरेको विधेयकमा स्वदेशमै उत्पादन हुने वस्तुको भन्सार बढाएका छन्। 

कृषिमा के छ व्यवस्था ? 

कृषि क्षेत्रको विकासका लागि अर्थमन्त्री शर्माले भन्सारमा कडाइ गरेका छन्। माछापालन व्यवसायको प्रवद्र्धनका लागि सबै प्रकारका माछा तथा माछाजन्य उत्पादन र सी फुडको पैठारीमा मूल्यवृद्धि गरिएको छ। व्यवसायिक फलफूल खेतीको प्रवर्द्धनका लागि केरा, भुईंकटर, एभोकाडो, आँप, अम्बा जस्ता फलफूलको पैठारीमा लाग्ने महसुलमा वृद्धि गरिएको छ। 

कृषिजन्य वस्तु उत्पादनको संकलन तथा बजारीकरण गर्नका लागि स्थानीय निकायले पैठारी गर्ने एक स्थानीय तहलाई कृषि एम्बुलेन्स वा ढुवानीको साधनमा लाग्ने भन्सार पूर्णरुपमा छुट दिइएको छ। पशुपालन प्रवर्द्धन गर्न कृषकहरुले पशु चौपायका लागि ओछ्याउने म्याटमा लाग्ने महशुल पूर्ण छुट गरिएको छ। कृषि फर्म तथा कृषि सहकारीले पैठारी गर्ने कृषि एम्बुलेन्स वा ढुवानीको साधनको पैठारी महसुलमा पूर्ण छुट गरिएको छ। कृषि सहकारीले संकलन गर्ने, ढुवानी गर्ने एक थानको ढुवानीमा लाग्ने ५० प्रतिशत छुट दिइएको छ। 

स्वदेशी उद्योगको संरक्षण र प्रवर्नद्ध 

सरकारले पेन्ट्स, साबुन, प्लास्टिक जस्ता स्वदेशी उद्योगहरुको संरक्षणका लागि पेन्ट्स, साबुनजन्य वस्तु, तथा फ्लास्टिकजन्य प्याकिङ मेटेरिएलको पैठारीमा लाग्ने भन्सार महसुल वृद्धि गरिएको छ। स्वदेशी झोला तथा जुत्ता चप्पल उद्योगको प्रवर्द्धन गर्न सबै किसिमका तयारी झोला तथा जुत्ताको पैठारी महसुल वृद्धि गरिएको छ। स्वदेशी सेरामिक, टायल उद्योगको संरक्षण गर्न तयारीमा टायलको पैठारीमा महसुल वृद्धि गरिएको छ। स्वदेशी फलाम उद्योगहरुको लागि त्यस्ता उद्योगले उत्पादन मालवस्तुको पैठारीमा लाग्ने महसुलमा वृद्धि गरिएको छ। 

उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने पेट्रोलियम, कोक तथा क्याल्सियम, कार्बोनेट, पोटासियम कार्बोनेट, सोडियम कार्बोनेट, लिथियम कार्बोनेट जस्ता रसायनको पैठारीमा उद्योगले पैठारी गर्ने प्रारम्भीक अवस्थाका पिक, आइरन, फलाम मिश्रित, फेरो, एलवाय लगायतका फलाम उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा पूर्ण भन्सार महसुल छुट दिइएको छ। 

प्राथमिक अवस्थाका जिंक र आल्मुनियम, इन्गटको पैठारीमा लाग्ने महसुलमा पूर्ण छुटको व्यवस्था गरिएको छ। विद्युतीय मोटरसाइकल वा स्कुटर उद्योगले पैठारी गर्ने पाटपूर्जा तथा सहायक सामग्रीको पैठारीमा लाग्ने महसुलमा ७५ प्रतिशत छुट दिइएको छ। 

उद्योगले पैठारी गर्ने ब्लक बिटुमिनमा लाग्ने महसुलमा ५० प्रतिशत छुट दिइएको छ। एसेम्बल गरी सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाको सवारी साधन पैठारी गर्दा लाग्ने भन्सार महसुलमा २५ प्रतिशत छुट दिइएको छ। 

पर्यटन उद्योगको प्रवद्र्धन तथा विकासका लागि टारे होटल तथा रिसोर्टले गर्ने पूर्व निर्मित घरहरु तथा झ्याल ढोकाको सिसाहरुको पैठारी महसुल छुट दिइएको छ। सेनेटरी प्याड तथा डाइपर उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलमा पूर्ण छुट दिइएको छ। निकासीजन्य उद्योगले पैठारी गर्ने कृषिजन्य पदार्थको पैठारीमा लाग्ने कृषि सुधार शुल्कमा समेत पासबुक र बन्डेट वेयरहाउसको सुविधा दिने व्यवस्था थप गरिएको छ। 

कम आवश्यकताका वस्तु निरुत्साहित

स्वदेशी काठ एवम् काठजन्य उत्पादनहरुको सदुपयोग गर्न तथा आयात प्रतिष्ठापन गर्न यस्ता वस्तुहरुको पैठारीमा लाग्ने वस्तुको महसुलमा वृद्धि गरिएको छ। सुपारी, मरिच, केराउ, छोकडाको अस्वभाविक पैठारीलाई व्यवस्थित गर्न महसुल वृद्धि गरिएको छ। त्यस्तै ड्राइ फुट्स, जंक फुडको पैठारीमा पनि महसुल वृद्धि गरिएको छ। 

स्वास्थ्यलाई हानी गर्ने सूर्ती तथा सूर्तीजन्य वस्तुको पैठारीमा महसुल वृद्धि गरिएको छ। स्मार्ट फोनमा लाग्ने महसुल पनि बढाइएको छ। ४८ इन्चभन्दा बढीको टेलिभिजनको पैठारी महसुल वृद्धि, बालबच्चाको स्वास्थ्यमा हानी नोक्सानी पुर्‍याउन खेलौनाजन्य वस्तु तथा तासको महसुल वृद्धि गरिएको छ।

पेट्रोलियम इन्धनबाट चल्ने १ हजार ५ सय सिसिभन्दा बढी क्षमताका जिप, कार र भ्यानको पैठारी महसुल वृद्धि गरिएको छ। उच्च मूल्यका विद्युतीय हाइब्रिड जिप, कार र भ्यानको पैठारीमा पनि महसुल वृद्धि गरिएको छ। विद्युतीय सवारी साधनमा उच्च मूल्य भएका सय किलोवाट भन्दा बढी क्षमताका जिप, कार र भ्यानको पैठारी महसुल वृद्धि गरिएको छ। बढी विलासी प्रकृतिका २ सय सिसीभन्दा बढी क्षमताका मोटरसाइकलको पैठारी महसुल वृद्धि गरिएको छ। 

सामाजिक सुरक्षा र सामाजिक सुरक्षा न्यायका लागि विशेष सुविधा प्रदान गरिएको छ। जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने युरिन ब्यागमा लाग्ने महसुलमा पूर्णछुट गरिएको छ। मानव शरिर प्रत्यारोपनमा प्रयोग आरटिएल सेप्टल, डिफेक्ट लगायतका उपकरणमा लाग्ने महसुलमा १ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको छ। 

महिलाहरुले प्रयोग गर्ने सेनेटरी टावेल, प्याड, टेम्पोन तथा मेन्स्टुवल कपको पैठारीमा लाग्ने महसुलमा ९० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सामुदायिक विद्यालले २ वटा बसको पैठारीमा लाग्ने महसुलमा ७५ प्रतिशत दिइएको छ। अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्ने मालवस्तु उत्पादन गर्ने उद्योगहरुले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलमा पूर्ण छुट दिइएको छ। फोहोरमैलाको व्यवस्थापनमा प्रयोग हुने गार्भेज, कम्प्याक्टर ढुवानी साधनमा लाग्ने महसुल दर घटाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.