‘अब छोराको फोन आउने छैन’
काठमाडौं : काठमाडौं बाँसबारीस्थित घरमा सिनियर क्याप्टेन बसन्त लामाकी आमा ८६ वर्षीया विष्णु कुमारीलाई छोराले अब ‘आमा म गएँ है पुगेर फोन गर्छु’ भन्ने छैनन्। अब कहिल्यै घरको गेटमा गाडीको हर्न बज्ने छैन।
आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा दिवंगत हुनेमा विष्णुका छोरा सिनियर क्याप्टेन पनि हुन्। गत बुधबार बिहान घरबाट निस्केको छोराको ५ दिन बितिसक्दा पनि फोन नआउँदा बूढी आमाको मनमा कताकता मनमा चिसो पसेको थियो। छोरा घरबाट निस्केको दिनको हरेक याद सम्हालेर राखेकी उनले भनिन्, ‘बाबु जाने दिन बिहान १२ बजे बाबुलाई लिन गाडी आयो। उसलाई हतार–हतार उठाए। मेरो बाबुको निन्द्रा साह्रै प्यारो थियो। उठाएन भने जति पनि सुत्ने। उठेर खाना खायो अनि तयारी भएर हिडँ्ने बेलामा भन्यो, ‘आमा म गए है यो पालि काम धेरै छ अलिकति ढिला आउँछु ४÷५ दिन लाग्छ आइतबार आउँछु,’ भन्यो।
आइतबार छोरा आउने बाटो घरको मूल गेटतिर हेरेर बसेकी आमालाई पत्याउनै नसक्ने समाचार सुन्नुप¥यो। ‘जीवनको एउटै साहरा मुटुभन्दा प्यारो छोरा यो संसारमा अब रहेन। मैले बाबु कतिबेला आउँछ भनेर आँखा घरको गेटतिरै हेरेर बसेँ। मेरो छोरालाई भगवान्ले झुक्याएर लगिसकेको रै’छ,’ उनी छोराको फोटो छातीमा टाँसेर राख्दै आँखाभरि आँसु लिँदै भन्छिन्, ‘नानी श्रीमान्की ३ वटी श्रीमतीमध्येकी म जेठी श्रीमती हुँ श्रीमान्ले मलाई धेरै पहिला छोड्नुभएको हो। मलाई स्वर्गमा राखेर पालेको मेरो छोरोले पनि मलाई छोडेर गयो।’
- ‘अहिलेका पाइलट जीपीएसमै भर पर्छन्। जीपीएस छ भन्दैमा बादलमा छिर्नु हुँदैन।’
- जुम्ला, सिमिकोट, जोमसोम, लुक्ला, हुम्ला, ताप्लेजुङलगायतका ठाउँमा बर्खाका ५ महिना फ्लाइट पूरै बन्दै गर्न जरुरी छ।
बसन्तका बुवा क्याप्टेन डीके लामा पनि नेपाल वायुुसेवा निगममा अपरेसन डाइरेक्टर थिए। उनले निगममा ४० वर्ष काम गरे। हाल उनी ८६ वर्षका भए। उनका ५ छोरा र ३ छोरीमध्येका माइला छोरा बसन्त हुन्। उनी भन्छन्, ‘मैले छोरालाई बारम्बार बाबु तिमीहरू यो जोखिम काम नगर अरू नै काम गर भनेको थिएँ। छोराको इच्छा भने पाइलट हुने नै रहेछ। मैले छोराको इच्छालाई रोक्न सकिनँ,’ उनले भने। डीके सुनाउँछन्, ‘म रिटार्यड हुने महिनामा २५ हजर तलब पाएको थिएँ। अहिले पनि त्यो पैसा जस्ताको त्यस्तै छ। म आपूm पैसा तिरेर छोरालाई पाइलट पढाउन सक्ने थिइनँ। मैले अमेरिका भने पठाएँ। तर, उता पुुगेपछि उसले आफैं कमाएर पढेको हो।’ लामाले नेपाल फर्केपछि नै ट्वीनअटर विमान उडाएका हुन्। करिब २० वर्ष उनले ट्वीनअटर विमानमार्र्पmत माउन्टेन फ्लाइट गराउँदै आएको उनका बुवा क्याप्टन डीकेले बताए।
‘काठमाडौं आउनुपर्ने छोरा उसकै साथी पूर्वक्याप्टेन ट्रिपुल गुरुङ जसको घर लोमान्थाङ थियो, उनले ‘तिमी आउ त्यहाँ होटल उद्घाटन गरेर नाचगान कार्यक्रम पनि छ’ भनेको रहेछ। मेरो छोराले साथीलाई हार्न नसकेर गएको रै’छ। कालले लगि गो मेरो नाति पनि टुहुरो भयो।’
क्याप्टेन बसन्तका एक छोरा छन्। तिनै छोरालाई पढाउन उनकी श्रीमती पनि लन्डनमै छन् उनी आज नेपाल आउँदैछिन्। घर अगाडि रहेको बीएमडब्लू गाडीतिर देखाउँदै डीके भन्छन्, ‘एकदमै सौखिन हो मेरो छोरा बीएमडब्लु कार किनेको भर्खर हो। रहर पुग्ने गरी चलाउन पनि पाएन। विदेशमा भएका भान्जाभान्जीलाई माउन्टेन फ्लाइट गराउने रहर गरेको थियो त्यो पनि पूरा गर्न पाएन।’ लामो समय आपैंm विमान उडाएका लामा नेपालमा भौगोलिक कारण दुर्घटना बढी हुने कुरालाई नर्कान नसकिने बताए। उनले भने, ‘यो ट्वीनअटर जहाज भीएफआर उड्ने जहाज हो। आँखाले उड्ने जहाज हो। यो जहाज १० हजार फिटभन्दा माथि उड्ने जहाज हो। १० हजार फिटभन्दा माथि आधा घण्टाभन्दा बढी बस्न सक्दैन। हाम्रो पहाडी भू–भाग चिसो छ। जहाजमा हिटिङ सिस्टम छैन। चिसोले फ्रिज भएर बिचमै दुर्घटना हुने कारण अर्को
त्यो पनि हो।’
उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘१९७० मा जुम्ला र लुक्लामा १२ बजेदेखि जहाज उडाउन मिल्दैन भन्ने थियो। किनकी बादल, हावा आउँछ भन्ने थियो। हामी पाइलटहरूले नै किन नसकिने भन्ने आत्मविश्वासले सुरु गरिएको थियो। मैले नै जुम्लामा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म उडाएको थिएँ।’
अहिले जीपीएस सिस्टममा गएपछि सबै पाइलटहरू जीपीएसमै भर पर्दा पनि यस्ता दुर्घटना घट्ने गरेको उनी बताउँछन्,’ भन्छन्, ‘जुम्ला, सिमिकोट, जोमसोम, लुक्ला, हुम्ला, ताप्लेजुङलगायतका ठाउँमा बर्खाका ५ महिना पूरै बन्दै गरिदिनुपर्छ। सबैभन्दा रिस्क जोमसोम हो। जहाँ ५ सेकेन्डमा मौसम परिर्वन हुन्छ।’ डीके भन्छन्, ‘अर्को महŒवपूर्ण कुरा अहिले विमान व्यावसायीहरू पूर्ण रूपमा स्वार्थी व्यावसायी भएका छन्। मनि माइन्डेड भनौं, मान्छेको जीवनसँग पुरै खेलवाड हुने गर्छ।’
मेडिकल डाक्टर समेत रहेका क्याप्टेन बसन्तका भाइ डाक्टर छिरिङ योञ्जन कहिले नेपालगन्ज, हुम्ला, जुम्ला, जोमसोमलगायतका स्थानमा दाइ फ्लाइट लिएर गएको सम्झिँदै भन्छन्, दाईले २÷३ पटक गम्भीर दुर्घटना हुनबाट बचाउनुभएको हो। आत्मविश्वास बलियो थियो। यसपालि दाइ यात्रु भएर जानुभएको हो।’ दाइले फ्लाइट सकेर काठमाडौं आएपछि कहिले मौसम बिग्रेको कुरा कहिले यात्राको रमाइलो विषय पनि साट्ने गरेको सम्झिँदै भन्छन्, ‘परिवारसँग पनि उत्तिकै निकट रहने मान्छे हो।’
सामान्य रूपमा हामीले बुझ्दा पनि विमान पुरानो हुँदैन यसलाई मर्मत गर्दै सामान फेर्दै जाने हो। भौगोलिक विकटता अर्को पाटो हो। प्रायः वैशाखदेखि असोजसम्म विमान दुर्घटनाका घटना घट्ने गरेकाले यो समयमा नागरिक उड्ययन प्राधिकरणले कडाइ गर्नुपर्ने उनी बताउँछन्। उनी अगाडि भन्छन्, ‘एयरलाइन्सहरूले हेर्ने भनेको फाइदा नै हो। उनीहरूलाई नाफा हुने जस्तो देखे भने हल्का फुल्का बादल पनि ख्याल गर्दैनन्। यसमा गम्भीर हुनैपर्छ कति घरहरू उजाडिन्छन्, बच्चाहरूले अभिभाव गुमाउँछन्। हाम्रो दाइलाई अब हामी कहाँ पाउँछौं।’
बसन्तको परिवारलाई सान्त्वना दिन बाँसबारी घरमा आएका नागरकि उड्डयन प्राधिकरणमा आबद्घ क्याप्टेन विश्वम्भरमान अमात्य १९७० देखि जागिर सुरु गरेका अर्का योद्घा हुन्। उनीसँग धेरै तीतामीठा अनुभव छन्। नेपालबाहेक उनले बैंकक, चेन्नइको ब्लु डार्क कार्गो एयरलायन्स, फ्रान्समा विमान उडाएका छन्। १० वर्ष माउन्टेन फ्लाइट उडाएको अनुभव छ। उनले बसन्तलाई सानैदेखि साथीको छोराको नाताले पनि चिनेका थिए। माउन्टेन फ्लाइटको किंगको रूपमा सम्झन्छन्। अमात्य भन्छन्, ‘त्यो जमानामा हामीले फ्लाइट उडाउँदा केही थिएन। ‘वी आर द किङ वी आर द पिपुल’ भन्ने हामीलाई लाग्थ्यो। टावर थिएन। गाउँमा मान्छेले खाना पकाउँदा धुवाँ उडेको अनुमानमा हावा कता उडेको छ त्यो हेरिकन हामी प्लेन उडाउँथ्यौं। एयरपोर्टमा गाई चरेका हुन्थे। पहिलेका पाइलट दिमाग लगाउँथे । अहिलेका पाइलट जीपीएसमै भर पर्छन्।’
उनी भन्छन्, ‘जीपीएस छ भन्दैमा बादलमा छिर्नु हुँदैन। नेपालमा अपरेटरहरूको फोर्स गर्ने बानी हुन्छ। अर्को फ्लाइट केही समय अगाडि गयो म किन नजाने ? म पनि सक्छु भन्ने हुन्छ।’ अमात्यसँगै काम पनि गरिसकेका थिए, प्रभाकर। अमात्यले भने, ‘तारा एयरका पाइलट प्रभाकरप्रसाद घिमिरे पनि अलिकति बादल देखिए पनि नजाने मान्छे हो। बादल अलिकति देखिने बित्तिकै मनमा चिसो हुन्छ सर भन्ने मान्छे हो। योपटक उहाँलाई पनि दशा लागेको रहेछ।’