कार्यपालिका निर्वाचनमा कांग्रेसविरुद्ध गठबन्धन

कार्यपालिका निर्वाचनमा कांग्रेसविरुद्ध गठबन्धन

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिकाको नगरकार्यपालिकाको निर्वाचनमा सत्ता गठबन्धनको शिर्ष नेतृत्व सहमति विपरीत कांग्रेसविरुद्ध बामगठबन्धनको चुनावी तालमेल भएको छ।

गत ३० बैशाखमा सम्पन्न निर्वाचनमा सत्तागठबन्धनका कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर निर्वाचन जितेको नगरपालिकामासमेत माओवादी केन्द्रले एमालेसँग कार्यपालिका सदस्यमा तालमेल गरेर चुनाव जितेको छ।

नगरकार्यपालिकाका आठ जना सदस्य मध्य पाँच माओवादी केन्द्र र तीन एमालेले जितेका छन्। माओवादी केन्द्रका सरिता बादी, सरिता शाही, मनमाया बुढा, शिलाकुमारी विक र सर्वजित विक कार्यपालिका सदस्यमा विजयी भएका छन्।

त्यस्तै एमालेका कलिवान नेपाली, खिममुमारी शर्मा र कुमारी विक निर्वाचित भएको प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले बताए। नलगाडमा सत्तागठबन्धनको तालमेल अनुसार नगरप्रमुखमा माओवादी केन्द्रका डम्मर रावत र उपप्रमुखमा कांग्रेसकी सरिता सिंह विजयी भएका छन्।

आफूहरुले भने जस्तो मत नआएको र कांग्रेसले धोका दिन खोजेको भन्दै एमाले सँग तालमेल गरिएको माओवादी नेता मनबहादुर रावलले बताए। गत स्थानिय निर्वाचनमा गठबन्धनले चुनाव जिते पनि कांग्रेस इमान्दार नदेखिएकोले बामगठबन्धन गर्नु परेको माओवादी नेता प्रशान्त शर्माले बताए।

नलगाडमा माओवादी केन्द्रका २७, कांग्रेसका १८, एमालेका १८ र ४ जना स्वतन्त्र नगर सभाका सदस्य निर्वाचित भएका छन्। एक्लै कसैको बहुमत नपुग्ने भएकोले माओवादी केन्द्र र एमालेले तालमेल गरेका हुन्। केन्द्रको निर्देशन विपरीत गठबन्धन गरेर माओवादीले धोका दिएको नेपाली कांग्रेसका सभापति वेदराज सिंहले बताए।

कार्यपालिका चुनावमा भएको तालमेलले कांग्रेसलाई गंभिर बनाएको र आगामी निर्वाचनमा माओवादी सँग चुनावी तालमेल हुन नसक्ने कांग्रेसको निश्कर्ष रहेको सभापति सिंहको भनाई छ। जिल्लाका केही पालिकामा भने सत्ता गठबन्धनबीच नै तालमेल भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.