विदुर नगर कार्यपालिकामा एमालेको एकल बहुमत
नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको एकल बहुमत भएको छ। विदुरमा बुधवार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन्।
एमाले विदुर नगरकमिटीका अध्यक्ष नवीन प्रधानका अनुसार नगर कार्यपालिकाको ८ सदस्यका लागि भएको निर्वाचनमा एमालेका ८ जना नैं उम्मेदवार विजयी भएका छन्। निर्वाचनमा प्राप्त नतिजा अुनसार एमालेका उम्मेदवारहरू सवु मिजार, सावित्री राई, इन्दिरा मिजार, राधिका तामाङ, विन्दा तिमल्सिना आचार्य, शिवबहादुर विश्वकर्मा, सीताराम मिजार र दीपक कुमाल आगामी पाँच वर्षका लागि विदुर नगर कार्यपालिकाको सदस्यमा विजयी भएका छन्।
विदुरमा २३ सदस्यीय कार्यपालिका र ७० सदस्यीय नगरसभामा नेकपा एमालेको स्पष्ट बहुमत रहेको अध्यक्ष प्रधानले बताए। उनका अनुसार नगर कार्यपालिकामा पनि एमालेको स्पष्ट बहुमत भएको छ। विदुर नगरमा निर्वाचित ६७ मध्ये ३७ सिट एमालेको रहेको छ।