मनरासिस्वा नगरपालिकाले आइतबार सार्वजनिक बिदा नदिने

मनरासिस्वा नगरपालिकाले आइतबार सार्वजनिक बिदा नदिने

महोत्तरी : महोत्तरीको मनरासिस्वा नगरपालिकाले आइतबार सार्वजनिक विदा नदिने भएको छ । संघीय सरकारले दिएको दुई दिने बिदाको निर्णयलाई मनरा सिस्वा नगरपालिकाले नमान्ने भएको हो ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएको समयमा नगरभरिका सामुदायिक संस्थामा अब शनिबार मात्र बिदा दिइने प्रमुख प्रशासकीय अधिकृत रंजितकुमार यादवले जानकारी दिए । जेठ १६ गते बसेको नगरकार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरिएको यादवले बताए ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार प्रत्येक शनिबार सार्वजनिक बिदा हुने, आइतबारदेखि बिहीबारसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म रहने उल्लेख गरिएको छ । शुक्रबारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने उल्लेख गरिएको छ ।

संघीय सरकारले देशभरिका सार्वजनिक संस्थामा हप्तामा २ दिने सार्वजनिक बिदाको घोषणा गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.