सन्धिखर्कका १५ जना कृषकलाई हाते ट्याक्टर
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले १५ जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ।
कृषकहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा १५ जना व्यवसायीक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।
कृषकहरुलाई प्रविधिमैत्री बनाउन तथा कम लागतमा मुनाफा धेरै कमाउने बनाउन कृषकहरुलाई मिनि टिलर वितरण गरिएको नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। उनले व्यासायीकरुपमा खेती किसानी गर्ने कृषकहरुलाई नगरपालिकाले विशेष खालका कार्यक्रम सञ्चालन गर्ने बताए।
गाउँगाउँका कृषकहरुलाई गोरु पाल्ने झन्झटबाट मुक्त गरी सजिलो माध्यमबाट कृषि पेशा अगाल्ने बनाउन कृषकहरुको मागका आधारमा मिनि टिलर वितरण गरिएको नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले बताइन्। कार्यक्रम नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो।