नुवाकोटमा बृहत स्वास्थ्य शिविर सन्चालन
नुवाकोट : सर्वसाधारणको सुविधाका लागि नुवाकोटको हात्तिगौंडामा वृहत स्वास्थ्य शिविर सन्चालन गरिएको छ। लायन्स क्लव अफ नुवाकोट त्रिशूलीको आयोजना तथा लायन्स क्लव अफ काठमाडौ वण्डर उमन र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा विदुर नगरपालिका-८ हात्तिगौंडामा दुई दिने बृहत शिविर सन्चालन गरिएको हो।
स्थानीय भैरुम माविको भवनमा आयोजित शिविरको विदुर नगरपालिका मेयर राजन श्रेष्ठले उद्घाटन गरे। मेयर श्रेष्ठले स्वास्थ्य सेवा पाउनु आम नागरिकको अधिकारको विषय भएको र स्वास्थ्य सुरक्षाका लागि आफ्नो नपाले सहकार्य गरेर विविध अभियान सन्चालन गरिने बताए।
शिविरमा एसिजी सेवा, निःशुल्क औषधि प्रदान, जनरल मेडिसिन, शल्यक्रिया, नाक कान, घांटी, प्रसुती तथा स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, आंखा परिक्षण तथा उपचार, भिडियो एक्सरे सेवा, वाल रोग, छाला तथा यौनरोग, दन्त तथा ल्याव सेवा सन्चालन गरिएको शिविरि आयोजक लायन्स क्लव अफ नुवाकोट त्रिशूलीका श्रीकृष्ण रिजालले जानकारी दिए। शिविरमा अधिकांश महिला तथा वृद्धवृद्धाहरुको धेरै सहभागिता रहेको छ।