कस्तो छ संगत ?

कस्तो छ संगत ?

‘बरु एक्लै हिँड, तर गलत साथीको संगत कहिल्यै नगर।’ यो भनाइ पुरानो मानिन्छ। त्यस्तै संगत गुनाको फल भन्ने भनाइले पनि संगतको महत्त्वलाई उजागर गर्छ। घतलाग्दा यी भनाइ नेपाली समाजमा सदाबहार मानिन्छ। 

अहिलेको समयमा माथिका भनाइ झनै सान्दर्भिक हुँदै गएको छ। आधुनिक जीवनशैली, व्यस्त समय, स्थान र परिवेशले संगतलाई झन् ध्यान दिनुपर्ने बनाएको छ। गलत साथीहरूको संगतले कुमार्गतर्फ लैजान्छ। त्यसैले एक्लै हिँड्ने तर गलत व्यक्तिको संगत गर्न नहुने भनाइलाई अनुसरण गर्नुपर्छ।  सक्कली र नक्कली अनुहार नै हामीहरू पत्ता लगाउन नसक्ने दुनियाँमा हामी बाँचिरहेका छौं। संगतले निकै ठूलो प्रभाव पार्छ।  राम्रो संगतले सुबाटोमा लाग्न प्रेरित गर्छ। खराब संगतले कुबाटोमा डोर्‍याउँछ। संगतले आपसी सम्बन्धलाई पनि प्रभावित पारिरहेको हुन्छ।  त्यसैले संगत गुनाको फल भन्ने त भन्ने उखान नै छ। 

हामी वयस्कहरू त संगतबाट यति धेरै प्रभावित हुन्छन् भने बालबालिका एवं किशोरावस्थाका व्यक्तिहरू झन् बढी प्रभावित भइरहेका हुन्छन्। साना बालबालिकाहरूलाई त सम्झाउँदा बुझाउँदा मान्न सक्छन्। किनकि बालबालिकाहरू साथीहरूको संगतमा परिसकेका हुँदैनन्। तर किशोर अवस्थाका नानीबाबुहरूका धेरै साथीहरू बनिसकेका हुन्छन्। उमेरका कारण संगत खराबै साथीसँग भए पनि सहजै मान्न तयारै हँुदैनन्। किशोर अवस्थामा प्रायः सबैलाई आफू सही भएको र अभिभावक बेकारमा कराएको लाग्न सक्छ। किनकि यो यो उमेर यस्तो सोच पैदा गर्ने हुन्छ। आफ्ना सबै कुरा सही र ठूलाका सबै कुरा गलत लाग्न सक्छ। यो उमेरमा जिद्दीपन देखिन्छ। अभिभावकहरूले सन्तानको जिद्दीपनका बारेमा सजग हुनुपर्छ।  किनकि त्यो अवस्था भोगेको, सुनेका र देखेका कारण पनि अभिभावकले विशेष ख्याल गर्नुपर्छ। किशोर अवस्थामा प्रवेश गरिरहेका सन्तानको गतिविधिमा ध्यान दिनुपर्छ। यसको पहिलो दायित्व अभिभावक र शिक्षकमै रहन्छ। 

गौतम बुद्धको भनाइमा खराब साथीको संगत जंगली जनावरभन्दा घातक हुन्छ। जनावरले त बाहिरी शरीर मात्र घायल पार्छ तर खराब साथीको संगतले मन, मस्तिष्कलाई  नै घायल बनाइदिन्छ। त्यसैले खराब साथीसँग हिँड्नुभन्दा एक्लै हिँड्नु लाभदायक हुन्छ। हामीसँग संगत हुने साथीहरूका प्रकारहरू धेरै छन्। ठट्यौला, काँतर, बाौद्धिक, स्नेही, स्वार्थी, बोलक्कड, लोभीलगायत विविध खालका साथीहरू हुन्छन्। सबै साथीहरूका संगतबाट नानीबाबुहरूले केही न केही सिकिरहेकै हुन्छन्। तर उनीहरूसँग बालबालिकाले कस्तो प्रकारको संगत गर्ने ? कुन प्रकारको साथीलाई कति र कस्तो समय दिने ? साथी संगतीबाट सिकेका कति कुराहरू आफूले आत्मसात् गर्ने ? कस्ता किसिमका साथीसँग टाढा रहने ?

यी सबैबाट बालबालिकाहरू अनविज्ञ हुन्छन्। हाम्रा किशोरावस्थामा प्रवेश गर्दै गरेका सन्तानलाई यी सबै कुराहरू अभिभावकले अवगत गराउनु पर्छ। उनीहरूलाई बाटो देखाउने जिम्मा हामी अभिभावक र शिक्षकहरूकै हो। किशोरकिशोरीहरूलाई अभिभावकले हरेक महिना साथी संगतिबाट हुने सकारात्मक र नकारात्मक पक्षको बारेमा प्रशिक्षण दिन जरुरी छ। 

किशोर अवस्था भावनामा बहकिने उमेर पनि हो। मान्छे कसरी भावनामा बहकिएर खराब संगत गर्न पुग्छ भन्ने मैले नजिकबाट देखेकी छु। खराब संगतका कारण आफू पनि बिग्रन सक्छ भन्ने एउटा भर्खरैको उदाहरण उल्लेख गर्न चाहन्छु। मेरा श्रीमान्का साथीकी छोरी पढ्नमा एकदमै अब्बल थिइन्। किशोर अवस्थामा प्रवेश गर्दै गरेकी थिइन्।  घरायशी कामकाजमा पनि अगाडि थिइन्। मैले बालबालिकालाई हौसला मिलोस् भनेर उनीहरूका अगाडि नै प्रशंसा गरेकी हुन्छु। त्यसै पनि उनी प्रशंसा गर्न लायक थिइन्। मैले प्रशंसा गर्नै पर्‍यो। मैले केही महिना अगाडि भेट्दा उनको निकै प्रशंसा गरेकी थिएँ।

लामो समयपछि उनकी आमासँग भेट भयो। छोरीको पढाइको बारे सोध्दा निकै चिन्तित देखिइन्। चिन्ता बढ्नुको कारण उनकी छोरीको गलत साथीसँगको संगत रहेछ। छोरीकी साथी कमजोर रहिछन्। आफूसँगै पढ्न र सिकाइदिन आग्रह गरे पछि स्वीकार गरिन्। कहिले साथीको घर त कहिले आफ्नै घरमा पढ्न थालेछन्। ती साथीसँग सामीप्यता पछि उनको  पनि पढाइ बिग्रिन थालेछ। सधंै क्लासमा पहिलो हुने छोरी हालै सकिएको कक्षाको आन्तरिक परीक्षामा चौथौ भइछन्। दुई जना मिलेर राम्रोसँग पढ्लान् भन्ने सोचेको नतिजा उल्टो आयो। उनीहरू त फिल्म हेर्ने , टिकटक बनाउने र गफ गरेरै समय बिताउने पो रहेछन्। संगतका कारण छोरीको शैक्षिक अवस्था बिग्रेपछि उनी अहिले संगतमुक्त गर्ने प्रयासमा छिन्। अन्तिम परीक्षासम्म पुरानै अवस्थामा फर्काउन अभिभावक प्रयासरत छन्। 

यो  अवस्थाले मलाई अभिभावकको भूमिकाबारे सोच्न बाध्य बनायो। अभिभावकले निगरानी गरेको भए दुवै जनाको पढाइ राम्रो हुन्थ्यो कि ? ल तिमीहरू पढ्न बस है भन्यो अनि आफू अर्काेतिर फर्केर मोबाइल चलाउन थाल्ने अथवा काममा व्यस्त हुँदा निगरानी पुग्दैन। यस खालको अभिभावकको क्रियाकलाप मैले प्रायःको घरमा देखेकी छु। यो उदाहरण सत्य हो। सन्तानलाई कस्तो बनाउने भन्नेमा  परिवारको ठूलो हात रहेको मैले महसुस गरे। यो उदाहरणबाट अभिभावकले ठूलो पाठ सिक्न सकिन्छ। यो बहकिने उमेरमा हामीले हरहमेशा सन्तानको निगरानी गर्नु पर्छ।  फुर्सदमा बालबालिकाको हेक्का गर्नुपर्छ। ताकि पछि अभिभावकहरू नै पछुताउन नपरोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.