रवि र बेनिशाको ‘सुन माया’

रवि र बेनिशाको ‘सुन माया’

काठमाडौं : गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत छ भने विशाल निरौलाले एरेञ्ज गरेका छन्। 

गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। भिडियोमा शुभम आचार्य र योगिशा खत्री फिचर छन्। भिडियोमा उनीहरूबीचको टिनएज प्रेमलाई देखाइएको छ। भिडियोमा दुवैले लोभलाग्दो अभिनय गरेका छन्। भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ।

गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरूले फरक गर्ने प्रयास गरेको बताए। ‘प्रायः म्युजिक भिडियोमा  उमेर पुगेका कलाकारहरूले अभिनय गर्ने गरेका छन्। यसपटक टिनएजका युवायुवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौं। भिडियोले गीतलाई न्याय गरेको छ’, उनले भने।

निर्देशक पाण्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवायुवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए। ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो। तर, गोविन्द भट्टले टिनएजका युवायुवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले सुभम र योगिशालाई छनोट गर्‍यौं। छायांकनमा उनीहरूलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो’, उनले भने। पाण्डेले आफ्ना हरेक भिडियोमा केही न केही नयाँपन देखाउने गरेका छन्।

कलाकार आचार्यले बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुचि रहेको बताउँदै अहिले त्यो सपना साकार हुँदै गएकोमा खुसी व्यक्त गरे। उनले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव सुनाए। योगिशाले राम्रो गीतमा राम्रो टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.