यार्सा संकलनको क्रममा एक जनाको मृत्यु

यार्सा संकलनको क्रममा एक जनाको मृत्यु

बझाङ : बझाङमा यार्सा संकलनका क्रममा हिमपहिरोमा परि एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुर्मा गाउँपालिका-१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी छन्। बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको हो।

उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन्। मृतक बोहराको उद्दारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर बिष्टले बताए।

मृतक बोहराका एक छोरा एक छोरी रहेका छन्।

बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरु घर नै रित्याएर यार्सा संकलनका लागि लेकतर्फ गएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.