टीयुको अकर्मण्यता : पटक-पटक दोहोरिरहन्छ प्रश्नपत्र, कारबाही गरिँदैन

टीयुको अकर्मण्यता : पटक-पटक दोहोरिरहन्छ प्रश्नपत्र, कारबाही गरिँदैन

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (टियु)ले तयार पार्ने प्रश्नपत्रमाथि प्रत्येक वर्ष प्रश्न उठ्ने गरेको छ। कहिले गत वर्षका प्रश्नहरु हुबहु सोधेर त कहिले प्रोफेसरहरुले पढाएको सेटबाट जस्ताको त्यस्तै प्रश्नहरु राखेको भन्दै टियु आलोचित बन्दै आएको छ। प्रत्येक वर्ष प्रश्न तेर्सिए पनि टियुले त्यसको जवाफ कहिल्यै दिँदैन। भन्छ मात्रै- ‘त्रुटि छ, यस विषयमा छानबिन हुन्छ।’

टियुको बुधबार मानविकी संकायले स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’को परीक्षा लियो। विद्यार्थीहरु परीक्षा हलमा बसे। तोकिएको समयअनुसार प्रश्नको हल पनि गरे। तर, पछि थाह भयो ती प्रश्नहरु गत वर्षकै दोहिरिएको रहेछन्। ६० पूर्णाकंको सो विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेका छन्। प्रश्नपत्रको निष्पक्षतामाथि पटक-पटक प्रश्न उठिरहन्छ। तैपनि टियु यस विषयमा संवेदनशिल बन्दैन।

मानवीकी शंकायका डीन डा. कुसुम शाक्य, सहायक डीन डा. ताराप्रसाद भुषाल र अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख डा. शिव अधिकारीमाथि विद्यार्थीले प्रश्न तेर्साएका छन्। उनीहरुको माग छ, ‘पदाधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। नत्र हामी तालाबन्दीलाई निरन्तरता दिन्छौं।’

नियमतः विभागीय प्रमुख विषय समितिको प्रमुख हुने व्यवस्था छ। विभागीय प्रमुख अधिकारीकै विषय ‘पब्लिक इकोनोमिक्स’को प्रश्नपत्र बाहिरिएको एक विद्यार्थीले बताए। उनले भने, ‘यो ठूलो अपराध हो।  उहाँको निष्पक्षतामाथि प्रश्न उठेको छ।’

टियुका पदाधिकारीले पटक-पटक प्रश्नपत्रमाथि शंका उत्पन्न हुने कार्य गर्दा पनि टियु कार्यकारी परिषद्ले न छानबिन गर्छ, न दोषीलाई कारबाही ।

त्यस्तै, सहायक डीन परीक्षा समिति प्रमुख रहने प्रावधान छ। तर सहायक डीन पनि यस विषयमा उत्तर दिन चाहँदैनन्।

अहिले टियुमा अधिकांश कर्मचारी शिक्षक करारमा छन्। अद्यावधिक तथ्यांक अनुसार टियुमा सात हजार नौ सय ६६ जना शिक्षकका रुपमा कार्यरत रहेका छन् भने सात हजार दुई सय ३० जना कर्मचारीका रुपमा कार्यरत छन्। अधिकांश करार र आंशिकका रुपमा कार्यरत छन्।

आंशिक, करार र स्थायी प्राध्यापकहरुसमेत निजी शिक्षण संस्थामा धाउँदा पनि प्रश्नपत्रमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ जोडिने गरेको सम्बद्ध निकायहरु बताउँछन्। टियु अखिल क्रान्तिकारी जिल्ला समिति अध्यक्ष प्रदिप भट्टले टियु निजी क्षेत्रको आक्रमणमा परेको बताए।

'टियुको समस्या सम्बोधन गर्न सरकारबाटै पहलकदमी आवश्यक छ। टियुको पुर्नसंरचना गर्न जरुरी छ। विश्वविद्यालयले छानबिन समिति गठन गरेर दोषीमाथि कडा कारबाही गर्नैपर्छ।’ टियुको कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ।

अखिल क्रान्तिकारीले टियुको मानविकी शंकायमा ताला लगाएको छ। ताला लगाएपछि मानविकी शंकायकी डीन डा. कुसुम शाक्यले प्रश्नपत्रमा त्रुटि रहेको भन्दै यस विषयमा 'एक्सन' लिने बताइन्। विद्यार्थीसँगको कुराकानीमा उनले भनिन्, ‘प्रश्न पत्र दोहोरिनु त्रुटि भयो। त्यस्तो हुनुहुँदैनथ्यो। यस विषयमा 'एक्सन' लिन्छौं।’

यस्तो घटना नयाँ भने होइन। २०७७ फागुन ३ गते कानुन संकायअन्तर्गत (एलएलबी) दोस्रो वर्षको क्रिमिनोलोजी विषयको परीक्षामा पनि प्रश्नपत्र हुबहु मिलेको थियो। २०७१ साल र २०७६ सालको प्रश्नपत्र हुबहु मिलेको थियो। २०७६ सालमै हुनुपर्ने परीक्षा कोभिडका कारण ३ फागुन २०७७ मा भएको थियो।

टियु शिक्षाशास्त्र संकायको बीएड तेस्रो वर्षको इंग्लिस फर मास कम्युनिकेसन विषयको परीक्षाको प्रश्नपत्रमा पनि चरम लापारबाही भएको थियो। विश्वविद्यालयले २०७६ मा सञ्चालन गरेको परीक्षामा सोही विषयका एक शिक्षकले लेखेको किताबको हुबहु प्रश्न समावेश गरी शिक्षाशास्त्र संकायले सो विषयको प्रश्न तयार पारेको भेटिएको थियो।

परीक्षा सकिएपछि शिक्षाशास्त्र संकाय बीएड तेस्रो वर्षका विद्यार्थीले इंग्लिस फर मास कम्युनिकेसन पुस्तकको पृष्ठ नम्बर ४५६ मा प्रकाशित प्रश्न बैंकको प्रश्न हुबहु रहेको प्रमाणसहित पोष्ट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.