बहुमत सदस्यद्वारा विदुरको कार्यपालिका बैठक बहिस्कार

बहुमत सदस्यद्वारा विदुरको कार्यपालिका बैठक बहिस्कार

नुवाकोट : विशेष अदालतमा रकम अनियमितता सम्बन्धी मुद्धा खेपिरहेका एक जना वडाध्यक्ष स्वत: निलम्बनमा परेको दाबी गर्दै नुवाकोटमा बहुमत कार्यपालिका सदस्यहरुले विदुर नगरपालिकाको पहिलो कार्यपालिका बैठक बहिस्कार गरेका छन्। मुद्धा चलिरहेका व्यक्ति स्वत: निलम्बनमा परेको र अब उनी वडाध्यक्षको हैसियतमा नभएको दावी गर्दै शुक्रबार आयोजित नगरको कार्यपालिका बैठकमा नेकपा एमालेका कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका हुन्।

बैठक बहिस्कार गरेपछि कार्यपालिका बैठक पनि स्थगित भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट विदुर नगरपालिका-९ को वडाध्यक्षमा विजयी हरिराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

यद्यपि उनी निलम्बनमा परेको पत्र नपाएको बताउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई सपथग्रहण गराउनुका साथै कार्यपालिकाको निर्वाचनमासमेत मतदान गर्न दिएको थियो। विदुरमा बहुमत सदस्य रहेको नेकपा एमालेले सत्ता शक्तिको दुरुपयोग गरी भण्डारीलाई मुद्धालाई छाया पार्ने गरी सपथग्रहण गराउनुका साथै मतदान गर्न दिएको दाबी गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत २०७६ साल भदौ २० गते नुवाकोटको विदुरमा रहेको सुलक्षणा माद्यामिक विद्यालय तत्कालीन प्रधानाध्यापक हाल वडाध्यक्षमा विजयी भएका हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। उनीसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालीन विद्यालयका निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

सोही मुद्धा हाल विशेष अदालतमा चलिरहेको छ। भण्डारी विरुद्ध विशेष अदालतमा आर्थिक अनियमितता सम्वन्धी मुद्धा चलिरहेको रहस्य खुलेपछि उनी स्वत: निलम्बनमा परेका हुन्। उनको पद निलम्वनमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

भण्डारी बैठकमा बसेपछि बहुमत सदस्यहरुले उनी बैठकबाट नहटेसम्म बैठक नचल्ने जनाउँदै बहिस्कार गरेको विदुर नगरपालिका-२ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य दीपक कायस्थले जानकारी दिए। 

यता विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले कार्यपालिका बैठक स्थगित गरी जेठ २४ गतेका लागि सारिएको प्रतिक्रिया दिए। उनले मुद्दा खेपिरहेका हरिराम भण्डारीको यहि जेठ २३ गते पेशी रहेको र त्यसबाट आउने परिस्थिति अनुसार अगाडि बढिने बताए। उनले भने, 'कार्यपालिका बैठक बहिस्कार होइन। सारिएको मात्रै हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.