डोटी जिससमा कांग्रेसको एकलौटी, अन्य दलबाट उम्मेदवारी नै परेन

डोटी जिससमा कांग्रेसको एकलौटी, अन्य दलबाट उम्मेदवारी नै परेन

डोटी : जिल्ला समन्वय समिति डोटीको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट लक्ष्मणबहादुर सिंह निर्विरोध निर्वाचित भएका छन्। उपप्रमुखमा स्मृति चुनारा विक निर्वाचित भएकी छन्।

समन्वय समितिमा सबै नेपाली कांग्रेसकै प्रतिनिधिहरू आएका छन्। डोटीका नौ वटा पालिकामध्ये कांग्रेसले साता वटा पालिकामा जित हात पारेको थियो भने एमालेले एउटा पालिका तथा माओवादी केन्द्रले एउटा पालिकाको अध्यक्षमा जित हात पारेको थियो।

समन्वयको अन्य सदस्यहरूमा खुला तर्फबाट रामबहादुर खड्का, ठक्कर बोहरा, नरेश खड्का, महिला सदस्यहरूमा निर्मला भुल, शान्ता भुल, दिपा खड्का र दलित सदस्यमा झगडी कामी निर्विरोध निर्वाचित भएका छन्।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गरेका सिंह पार्टीका निवर्तमान जिल्ला उपसभापति हुन्। उनी २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन लामिखाल गाविसका अध्यक्षसमेत भइसकेका थिए।

अन्य पार्टीको तर्फबाट उम्मेदवारी नपरेपछि कांग्रेसका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.