छात्रालाई साइकलदेखि स्वास्थ्य र कृषि प्रयोगशाला निर्माण गर्दै प्रतापपुर गाउँपालिका

छात्रालाई साइकलदेखि स्वास्थ्य र कृषि प्रयोगशाला निर्माण गर्दै प्रतापपुर गाउँपालिका

परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गर्ने योजना अघि सारेको छ। प्राथमिकतामा परेका क्षेत्रमा कृषि र स्वास्थ्य क्षेत्रलाई सुधार गर्न प्रयोगशाला निर्माण गरिने छ भने छोरीहरुलाई शिक्षामा अभिप्रेरित गर्न स्नातक तह अध्ययन गर्ने छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिने योजना पालिकाले अघि सारेको हो।

गाउँ कार्यपालिकाको पहिलो बैठकले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै माटो परीक्षण प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको हो । त्यसैगरी प्रयोगशाला अभावका कारण स्वास्थ्य सेवाका लागि अन्यन्त्र जानुपर्ने बाध्यता रहेकोले स्वास्थ्य प्रयोगशाला निर्माण गर्ने निर्णय गरिएको छ।

यो पालिका उखु, केरा र बदामको पकेट क्षेत्र हो। किसानले चाहेअनुसार बाली लगाउन सक्ने भएपनि माटो पहिचान हुन नसक्दा उत्पादन बढी लिन नसक्ने भएकाले माटो पहिचानका लागि प्रयोगशाला निर्माणलाई प्राथमिकता दिइएको अध्यक्ष उमेशचन्द्र यादवले बताए। प्रयोगशाला निर्माणका लागि कार्यविधि बनाएर काम अघि बढाइने छ। किसान र कृषि क्षेत्रले ओगटेको क्षेत्रफल पहिचानका लागि कृषक परिचय पत्रसमेत वितरण गरिने छ। परिचय पत्रका आधारमा किसानलाई कृषि बालीमा राहत, अनुदान र कृषियन्त्र उपलब्ध गराइने अध्यक्ष यादवले बताए।

त्यस्तै सहजरुपमा स्वास्थ्य सेवा उपलब्धका लागि वडा नं. ९ को स्वास्थ्य चौकीमा सुविधायुक्त स्वास्थ्य प्रयोगशाला निर्माण गर्ने बैठकले निर्णय गरेको छ।

छात्राहरुलाई उच्च शिक्षामा प्रेरित गर्न २०७८ मा उत्तिर्ण भई स्नातक तहको प्रथम वर्षमा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिने छ। पालिकामा करिब ४ सय छात्राहरु स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको अध्यक्ष यादवले जानकारी दिए। पालिकामा स्नातक तह अध्यापन गराउने एक मात्र शैक्षिक संस्था छ । पालिकाबाहेक बाहिर अध्ययन गर्ने छात्राहरुलाई पनि साइकल उपलब्ध गराइने छ। 

त्यस्तै कार्यपालिका बैठकले भाडामा सञ्चालनहुँदै आएको गाउँपालिकाको आफ्नै प्रशासनीक भवन निर्माण गर्ने निर्णय गरेको छ। वडा नं. ९ स्थित बेलाटारीमा साउन महिनाभित्र प्रशासनीक भवन निर्माण गरिने छ। भवन निर्माणको लागि करिब ५ करोड लाग्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.