सुन्दर सहर, सबैको रहर

सुन्दर सहर, सबैको रहर

काठमाडौंका मेयर बालेन साहले स्थानीय निर्वाचन अगाडिदेखि नै आफ्नो मुख्य एजेन्डा फोहोर व्यवस्थापन रहने बताउँदै आएका थिए। मेयरमा निर्वाचित भए। कार्यभार सम्हाल्नु अघि नै सिसडोल पुगे र फोहोर व्यवस्थापनको अवलोकन गरे। शपथ खाएसँगै व्यवस्थापनमा चासो देखाएका छन्। तर, काठमाडौं सहरलाई सफा र सुन्दर बनाउने जिम्मेवारी मयेर, उपमेयर वा नगरपालिकाको मात्रै होइन। नागरिक सचेत भए समस्या ठूलो छैन। सहरलाई कसरी सफा र सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न व्यक्तिसँग अन्नपूर्णकर्मी रीता थापाले गरेको कुराकानी।

आफ्नो तर्फबाट योगदान गर्नुपर्छ
सुनिता लम्साल

गृहिणी, गौरीघाट काठमाडौं
सहरमा धेरै फोहोर छन्। असर सबैलाई पारिरहेको छ। फोहोर हामीबाटै उब्जिएको हो। शिक्षीत व्यक्तिले पनि जानेर बुझेर अथवा बध्यताले फोहोर पारेकै छन्। फोहोर जहीतही फाल्ने चलन छ। अब यसलाई सुधार्न हामी सबैले आफ्नो बानीलाई सुधार गर्नुपर्छ। सवारी साधानलाई व्यवस्थित बनाउनुपर्छ। घरबाट निस्कने फोहोरलाई कुहिने छ भने घरमै व्यवस्थापन गर्नुपर्छ। नकुहिने फोहोर खुला ठाउँ भए जलाउनुपर्छ। सवारी पार्किङ व्यवस्थित बनाउनुपर्छ। यसरी नै सबैले आफ्नो तर्फबाट योगदान गर्दै गए सहर सुन्दर र हराभरा हुन्छ।


चेतना जगाए फोहोर घट्छ
तिलक पुलामी मगर
कांग्रेस प्रदेश सदस्य, सिन्धुली

काठमाडौंलाई कर्मथलो बनाएर बस्ने सबैले वा घुुमफिर गर्न आउनेमा फोहोर गर्नुहुँदैन भन्ने चेतना हुनुपर्छ। फोहोर व्यवस्थापनलाई प्रणालीको रूपमा स्थापित गर्न सक्नुपर्छ। काठमाडौंका प्रत्येक कलेज क्षेत्र र टोलटोललाई कसरी सुन्दर बनाउन सकिन्छ भन्नेमा सबैले सोच्नु जरुरी छ। फोहोर व्यवस्थापनका विषयमा हप्ताको एक दिन अनिवार्य रूपमा सम्बन्धित पक्षहरूलाई समेटेर शिक्षा दिन जरुरी देख्छु।


जथाभावी फोहोर नफालौंअनिल केसी
सहसचिव, सीटीईभीटी, भक्तपुर

जथावाभी फोहोर फाल्नु हुँदैन। टोलमा जम्मा हुने फोहोरलाई पनि टोलबासी मिलेर पहिलो प्राथमिकतामा राख्दै व्यवस्थापन गर्नुपर्छ। फोहोर गर्नु सबैका लागि हानिकारक हो। त्यसैले जथाभावी फोहोर नफालौं। महानगर र वडाले आफ्नो आवश्यकताअनुसार स्रोत साधनको प्रयोग गरी फोहोर जम्मा पारेर डिस्पोस गर्नुपर्छ। बोटबिरुवा लगाउनुपर्छ। हरियाली र सुन्दर काठमाडौं बनाउन सबैले सहयोग र योगदान दिनुपर्छ। फोहोर व्यवस्थापन अभियानमा सबै मिलेर अगाडि बढ्नुपर्छ।


पेटीमा वृक्षरोपण गर्नुपर्छ
उमेश बोहोरा
संस्थापक, हाम्रो टिम नेपाल

काठमाडौं महानगरलाई स्वच्छ सफा र सुन्दर बनाउन आम नागरिकको भूमिका महत्वपूर्ण हुन्छ। सबैभन्दा पहिले हामीले घरबाट नै फोहोर फाल्दा कुहिने र नकुहिने फोहोरहरू छुटाउन सुरु गर्नुपर्छ। पुनः प्रयोगमा ल्याउन सकिने फोहोरहरूलाई पनि छुटाएर फाल्नुपर्छ। सडक पेटीमा वृक्षरोपण गर्नुपर्छ। आफूबाट नै सुरु गर्न सकिने यस्ता सामान्य आचरणले पनि फोहोर नियन्त्रण गरी सहरलाई सुन्दर बनाउन धेरै सहयोग पु¥याउँछ। 


व्यवस्थापन आफैंबाट सुरु गरौं
माधव घिमिरे
औषधि व्यवसायी, सिनामंगल

काठमाडौंको फोहोर कम गरी यसलाई सफा र सुन्दर बनाउने काममा आफूबाटै सुरु गर्न जरुरी छ। प्रत्येक घर र टोलबाट सरसफाइको अभियान नै चलाउनुपर्छ। हरेक बस्तीबाट सरसफाइ सुरु गरिनुपर्छ। काठमाडौंमा रहेका प्रत्येक घरहरूले दुईवटाको दरले बोटविरुवा लगाउनु अति आवश्यक छ। सबै घरका व्यक्तिले आफ्नो फोहोरलाई राम्रोसँग व्यवस्थान पर्नुपर्छ। हाम्रो सानो कदमले पनि धेरै मात्राका फोहोरको व्यवस्थापन गरी काठमाडौं सहरलाई सुन्दर र हरियाली र बनाउन सकिन्छ।


फोहोरमा मोहोर खोजौं
अभिषेक बुढाथोकी
विद्यार्थी, काठमाडौं

नागरिकनै सचेत र जिम्मेवार हुनुपर्छ। कुहिने र नकुहिने फोहोरहरूको सदुपयोग पनि आफैंले गर्न सकिन्छ। फोहोरबाटै आएका कुहिने कुरालाई मल बनाएर प्रयोग गर्न सकिन्छ। त्यस्तै बोतलहरू पनि धोइपखाली पुनः प्रयोग गर्न सकिन्छ। यो काम जनता आफैंले सुरु गर्नुपर्छ। महानगरका मेयर बालेन साहले भने झंै कम्पोस्ट मल बनाई छिमेकी जिल्लाहरूमा बेच्न सकिन्छ। विभिन्न तरिकाबाट हामी आफैंले पनि फोहोर व्यवस्थापन गर्न सकिन्छ। त्यसले गर्दा स्वच्छ पार्कहरू पनि बनाउन सकिन्छ।


काम गर्नेलाई साथ दिनुपर्छ
पुष्पा पौडेल
विद्यार्थी, चाबहिल

नेताहरूलाई मात्र गालि गरेर सुन्दर सहरको कल्पना गर्न सकिँदैन। आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्छ। फोहोर घरबाट नै निस्कने भएकाले सकेसम्म घरमै व्यवस्थापन गर्नुपर्छ। काठमाडौंको फोहोर व्यवस्थापन गरेर सहरलाई अब कोल्टे फेर्छु, भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आउनुभएको छ। अब उहाँलाई हामीले पनि थप ऊर्जा दिँदै साथ र सहयोग गर्नुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.