टेलिकमको बोर्ड सदस्य बन्न कान्छो उम्मेदवारको दौडधुप

टेलिकमको बोर्ड सदस्य बन्न कान्छो उम्मेदवारको दौडधुप

काठमाडौं : न कुनै ताम झाम, न कुनै भिडभाड नै। तर जहाँ उनी पुग्छन् त्यही चर्चा बटुल्छन्। उमेरले भर्खर ३४ वर्ष पुगेका छन्, नेपाल टेलिकमका सहायक तहमा कार्यरत कर्मचारी भावेश कुमार कर्ण। उनी टेलिकमका बोर्ड सदस्य बन्न आफूभन्दा माथिल्ला तहका कर्मचारीसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएपछि उनको चर्चा चुलिएको छ।

नेपाल टेलिकमको इतिहासमा अहिलेसम्म उपत्याका बाहिर र त्यसमा पनि सहायक तहको कर्मचारीले बोर्ड सदस्य हुन हतपत उम्मेदवारी दिने साहस गर्दैनन्। तर कर्णले नेपाल टेलिकममा दशकौं पुरानो विद्यमान समस्या सेयर-पेनसनविहीन, अपग्रेड, ज्यालादारी, संस्था सुधारजस्ता बेथितिहरुविरुद्ध नेपालभरिका कर्मचारीकै आवाजलाई प्रतिनिधित्व गर्दै टेलिकमको सञ्चालक समितिमा उम्मदेवारी दिएको छ। २७ गते बोर्डमा कर्मचारीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक पदका लागि निर्वाचन हुँदैछ।

नेपाल टेलिकमका तल्ला तहका कर्मचारीहरुले आफ्ना माग राख्दै आएपनि क्रियाशिल युनियनहरुले ती मागहरुप्रति गम्भीर नबेको अवस्था छ। त्यही भएर कर्णले कर्मचारीहरुको तर्फबाट सञ्चालक समिति सदस्यमा उम्मेदवारी दिएर आफूभन्दा उमेर र क्रियाशिल युनियनका उम्मेदवारहरुलाई समेत चुनौती दिँदै चुनावी मैदानमा उत्रेका छन्।

कर्णले उम्मेदवारी दिएकै पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सञ्चालक समिति सदस्य बन्न उम्मेदवारी दिएका अन्य उम्मेदवारहरु अहिले कम्पनीकै सवारीसाधन कुदाउँदै तामझामका साथ मत माग्दै हिँडेका छन्। तर कान्छो उम्मेदवार कर्ण भने निजी मोटरसाइकलमा सरर पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म पुगेर मत माग्दै हिँडेका छन्।

 ‘मोटरसाइकलमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्ने समयावधि छैन। तैपनि भ्याएसम्म हरेक मतदातासँग प्रत्यक्ष भेटर नै मत माग्ने योजना छ,’ सञ्चालक समिति सदस्य उम्मेदवार कर्णले भने, ‘यसपाली राजनीतिक दल समर्थित युनियनहरुको उम्मेदवारभन्दा बढी मत आउने विश्वास छ। मैले आफ्नै संस्थाभित्रको बेथिति सुधार गर्ने एजेण्डा लिएर अघि बढेको छु।’

कम्पनीको बृहत्तर विकासका लागि नविनत्तम प्रविधिको ग्रहण गर्दै परियोजनाको लागत मूल्य तथा समय सीमामा सम्पन्न गर्ने उम्मेदवार कर्णको घोषणा पत्रमा उल्लेख छ। स्वस्थ्य मुनाफा आर्जन गर्दै कर्मचारीको कार्य क्षेत्र संरक्षण, नितिगत वृत्ति विकास, सम्मान जनक सेवा सुविधा तथा ग्राहक सन्तुष्टिका लागि सर्वसुलभ गुणस्तरीय सेवका पुर्‍याउने प्रतिबद्धताका साथ कम्पनीलाई नयाँ बाटोमा समेत लाने उनले एजेण्डा अघि सारेका छन्।

नेपाल दूर सञ्चार कम्पनी लिमिटेडको प्रबन्धपत्र तथा नियमावलीमा रहेको व्यवस्थाअनुसार समितिमा ७ जना रहने व्यवस्था छ। त्यसअनुसार सूचना तथा सञ्चार मन्त्रालयका सचिव पदेन अध्यक्ष रहने व्यवस्था छ। प्रतिनिधिको रुपमा अर्थ मन्त्रालय एक जना सदस्य, कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालयका एक जना सदस्य, नेपाल सरकार मन्त्रिपरिषद्बाट नियुक्त कम्पनीको प्रबन्ध निर्देशक एक सदस्य, अन्य संस्थापक सेयरधनीहरु मध्येबाट सूचना तथा सञ्चारमार्फत् नियुक्त प्रतिनिधि एक सदस्य, सर्वसधारण सेयरधनी मध्येबाट निर्वाचित प्रतिनिधि एक जना सदस्य र सञ्चालक समितिबाट स्वीकृत कार्यविधिअनुरुप कम्पनीमा कार्यरत कर्मचारीहरुबाट छनौट भएको कम्पनीको कर्मचारी एक सदस्य बोर्डमा रहने व्यवस्था छ।

जेठ २७ गते हुने निर्वाचनबाट कम्पनीमा काम गर्ने कर्मचारीहरुबाट छनौट भएका एक कर्मचारी बोर्डको सदस्यको रुपमा काम गर्नेछन्। उक्त सदस्य पदका लागि १ तहदेखि ११ तहका कर्मचारीले उम्मेदवारी दिने प्रावधान छ। सो पदमा यसपाली ८ जनाले उम्मेदवारी दिएका छन्।  

जसमध्ये ७ जना उपत्यकाभित्रैका कर्मचारीहरुले सो पदका लागि उम्मेदवारी दिएका छन्। नेपाल टेलिकम हरिवन शाखामा पाँचौं तहमा कार्यरत्त संचालक समिति सदस्य पदका उम्मेदवार कर्ण उपत्यका बाहिरका एक्ला उम्मेदवार हुन्। उक्त पदको कार्यवधि २ वर्ष रहेको छ। यस निर्वाचनमा ३ हजार ७९६ मतदाताले आ-आफ्नो पायक पर्ने नेपाल टेलिकमले तोकेको मतदान केन्द्रमा मतदान गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.