एमाले मुस्ताङले टुंग्यायो जिसस उम्मेदवार

एमाले मुस्ताङले टुंग्यायो जिसस उम्मेदवार

जोमसोम : नेकपा एमाले मुस्ताङले जिल्ला समन्वय समितिमा जाने उम्मेदवारको टुंगो लगाएको छ। आइबार पार्टी कार्यालय जोमसोममा बसेको एमाले जिल्ला कमिटी सचिवालयको बैठकले जिल्ला समन्वय समिति निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिको टुंगो लगाएको पार्टी अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नेकपा एमाले ४ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको थियो। नेपाली कांग्रेसले १ अध्यक्षसहित २ उपाध्यक्ष पद जितेको थियो। जिल्ला समन्वय समितिको पदाधिकारी चयनको निर्वाचनका लागि स्थानीय तहमा निर्वाचित अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने व्यवस्था छ। जिसस निर्वाचनका लागि एमालेको ७ मत र कांग्रेसको ३ मत छ।

मुख्य निर्वाचन कार्यालयले जेठ १७ गतेदेखि २५ गतेसम्म मतदाता नामावाली संकलनदेखि मतदान प्रक्रियासम्मको एक साता लामो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। जिसस निर्वाचनका लागि भोलि सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा एमाले जिल्ला कमिटी सचिवालय बैठकले आइतबार नै आफ्नो पार्टीको तर्फबाट जिससमा जाने पदाधिकारी उम्मेदवारको नामावली फाइनल गरेको पार्टी अध्यक्ष थकालीको भनाइ छ।

एमाले सचिवालय बैठकले जिल्ला समन्वय समितिको प्रमुखमा वारागुङ मुक्तिक्षेत्र-१ झारकोटकी माया गुरुङलाई प्रमुख र घरपझोङ गाउँपालिका-३ स्याङका आइतेलाल थकालीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिवालयले जनाएको छ।

त्यस्तै जिससको सदस्य पदमा थासाङ गाउँपालिकाबाट उमेश विक,घरपझोङ गाउँपालिकाबाट विन्दु नेपाली, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट शान्ता कुमारी विक र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट टसी ल्हामो सेन्चरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमाले सचिवालय बैठकले यसअघि स्थानीय तह निर्वाचन सहकार्य गरेको राप्रपालाई सदस्य पदमा समर्थन गर्दै विमला परियारलाई उम्मेदवार बनाउने भएको छ।

५ स्थानीय तह रहेको मुस्ताङमा नेकपा एमालेले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रमा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको थियो भने थासाङ गाउँपालिकामा अध्यक्ष पद जितेको थियो। तुयस्तै नेपाली कांग्रेसले घरपझोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो। थासाङ गाउँपालिकामा उपाध्यक्ष पद जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.