कपडामा लुकाई सुन ल्याउने ७ जना पक्राउ

कपडामा लुकाई सुन ल्याउने ७ जना पक्राउ

काठमाडौं : दुबइबाट नेपाल आउने क्रममा कपडामा सुन लुकाई ल्याएको आरोपमा ७ जना पक्राउ परेका छन्। 

अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार नेपाल वायु सेवा निगमको फ्लाइट नम्वर २३० बाट नेपाल आउँदै गरेका रुपन्देहीका सुरेश बहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला घलान, धनुषाका बरुण भक्त माथेमा, चीन तिव्वतका लोप्साङ ग्लाल्सेन, नवलपरासीका युवराज भुषाल र भारत दिल्लीका अमन राजपुत पक्राउ परेका हुन्। 

पक्राउ परेका सन्दिपको साथबाट ५७२.१६० गाम र सुरेश बहादुर शाहीको साथबाट ३९६.८१ ग्राम सुनको पेष्ट फेला परेको छ। सुनको पेष्ट लुकाउनका लागि उनीहरुले आफूले लगाएको सर्ट, अण्डरवेयर, पाइन्ट, बेल्टको प्रयोग गरेका थिए।

उनीहरुलाई त्रिभुवन विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट पक्राउ गरिएको कोइरालाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.