वन्यजन्तुको आक्रमण नरोकिएपछि समुदाय सडकमा

वन्यजन्तुको आक्रमण नरोकिएपछि समुदाय सडकमा

गुलरिया : बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सुरक्षाको मागगर्दै सडकमा उत्रिएका छन्। सोमबार मधुवन नगरपालिका-२ छोट्की सोनाहा निवासी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएपछि स्थानीयहरुले ओराली बजारमा सडक बन्दगर्दै सुरक्षा माग गरेका हुन्।

केही दिन अघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका-२ की कौसिला पालको मृत्यु भएको थियो। वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरी गुरुङले बताए। खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनु पर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ।

मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमण दोहोरिएपछि बाघ अनुगमन गर्न निकुञ्जलाई अनुरोध गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए। उनले भने बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत संयुक्तरुपमा बाघ अनुगमन भैरहेको छ। आक्रामक बाघ पहिचान गरी स्थानान्तरण गर्ने तयारी भैरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.