बर्दियामा झडप १ जनाको मृत्यु, २० जना घाइते

बर्दियामा झडप १ जनाको मृत्यु, २० जना घाइते

गुलरिया : बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र सडक संघर्षमा उत्रिएका समुदायबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ। झडपका क्रममा २० जना घाईते भएका छन्।

घटनास्थलबाट बर्दिया अस्पताल गुलरियामा आपतकालिन उपचारका लागि ल्याईएका घाईतेमध्ये १ जना महिलाको मृत्यु भएको अस्पतालका डाक्टर विश्वनाथ शाहले पुष्टि गरे। मृतकको आफन्तहरु अस्पतालमा नआएका कारण मृतकको नाम जानकारी नभएको डा. शाहले बताए। मृत्युको कारण भने पोष्टमार्टम पछि मात्र भन्न सकिने उनको भनाई छ। घटनास्थल ओराली बजारका स्थानीय विनय गौतमका अनुसार मृतक मधुवन नगरपालिका-२ निवासी १८ वर्षिया नविना चौधरी रहेको बताएका छन्। उनी १२ कक्षामा अध्ययनरत थिईन्।

झडपका क्रममा मधुवन-२ सोनाहाका २२ वर्षिय राकेश थारु घाईते रहेको गौतमको भनाई छ। सोमबार घरकै बारीमा दाउरा भाँचिरहेको अवस्थामा चितुवाले आक्रमण गरी मधुवन सोनाहाकी ४१ वर्षिया अस्मिता थारु घाईते भएपछि बन्यजन्तुबाट सुरक्षाको मागगर्दै स्थानीय सामुदायिक वनका समुदायहरु सडकमा उत्रिएका थिए। सडक खुलाउने क्रममा प्रहरी र समुदायबीच झडप हुँदा घटना घटेको हो। प्रर्दशनकारीहरुले प्रहरीको २ वटा मोटर साईकलमा आगजनी गरेको बुझिएको छ। आक्रामक बाघ स्थानान्तरण गरिनुपर्ने, जंगल क्षेत्रमा तारबार गरिनु पर्ने समुदायलाई सुरक्षा दिईनु पर्ने समुदायको माग छ।

झडपका क्रममा जनपद प्रहरीका १२ जना र शसस्त्र प्रहरीका ७ जना गरी १९ जना सुरक्षाकर्मीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक हृदेश सापकोटाले जानकारी दिए। ‘घाईतेको संख्या बढ्न सक्छ’ उनले भने ‘भिडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ११ सेल अश्रुग्यास र शसस्त्र प्रहरीले ९ सेल गरी २० सेल अश्रुग्यास प्रहार भएको छ।’ प्रहरीले १ राउण्ड हवाई फायर गरेको उनले दावी गरे। घटनाको अनुसन्धान भैरहेकोले यकिन विवरण अझै आई नपुगेको उनको भनाई छ।

भारतको कर्तनियाघाट वन बिहार र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्ग खातामा वन्यजन्तुहरुको संख्या बृद्धि भएसँगै आक्रमणको क्रम बढेको छ। जेठ १० गते सोही क्षेत्रको जनजागृति सामुदायिक वनमा बाख्रा चराउन गएकी मधुवन नगरपालिका-२ निवासी ४७ वर्षिया कौसिला पालको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको छ। वन्यजन्तुको आक्रमण न्युनिकरणगर्दै सुरक्षित संरक्षण हुनुपर्ने स्थानीय समुदायले मागगर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.