नेपाल स्वास्थ्यकर्मी संघले मनायो ३१ औं स्थापना दिवस

नेपाल स्वास्थ्यकर्मी संघले मनायो ३१ औं स्थापना दिवस

काठमाडौं : नेपाल स्वास्थ्यकर्मी संघले ३१ औं स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरेको छ ।

यसै सन्दर्भमा संघले काठमाडौंमा जनतासँग प्रत्यक्ष जोडिने व्यक्तिलाई मास्क वितरण गरेको छ ।

संघका महासचिव दीपकराज भट्टको नेतृत्वमा जनपथ प्रहरी, ट्राफीक,सवारी चालक, सहचालक, सफाइकर्मीलाई मास्क वितरण गरेको हो ।

संघले काठमाडौं उपत्यकाका २५ स्थानमा १५ हजार मास्क वितरण गरेको जनाएको छ ।

यस्तै, स्थापना दिवसको अवसरमा देशभरका विभिन्न जिल्लामा फलफूल वितरण, रक्तदानलगायतका विविध कार्यक्रमको आयोजना गरिएको महासचिव भट्टले जानकारी दिए ।

कोरोनाका कारण अहोरात्र खटिएका ४४ जना स्वास्थ्यकर्मीको निधन भएको भन्दै संघले स्वास्थ्य सुरक्षाका विषयमा सरकारलाई ध्यानाकर्षण पनि गराएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.