दक्षिणकालीको जंगलमा मृत भेटिएका किशोर-किशोरीको पहिचान खुल्यो
काठमाडौं : सोमबार बिहान दक्षिणकालीको फर्पिङको जंगलमा मृत फेला परेका किशोर-किशोरीको पहिचान खुलेको छ ।
उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी बसन्त कुवरका अनुसार मृत अवस्थामा भेटिएकी किशोरी राप्ती गाउँपालिका २ दाङकी २० वर्षीया विमला कुमाल र किशोर इन्द्रसरोवर गाउँपालिका ३ मकवानपुरका २० वर्षीय मनिष ठकुरी हुन्।
काठमाडौंको दक्षिणकाली नगरपालिकाको फर्पिङको जंगलमा उनीहरुको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
शव नजिकै विषको बट्टा र कोल्ड ड्रिंक्स पनि भेटिएको थियो ।
प्रहरीका अनुसार मृतकका आफन्त सम्पर्ककमा आएका छैनन् ।
मृत्युको कारण पनि खुलिसकेको छैन । पोष्टमार्टमका लागि शव शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
घटनास्थलमा युवतीको साथबाट मोबाइल भेटिएको थियो । सिम नजिकै फालिएको अवस्थामा थियो ।
मोबाइलको माध्यमबाट मृतकको पहिचान गरेको प्रहरीले बताएको छ।