लमजुङको जिसस प्रमुखमा एमालेबाट गुरुङ र कांग्रेसबाट कुमालको उम्मेदवारी

लमजुङको जिसस प्रमुखमा एमालेबाट गुरुङ र कांग्रेसबाट कुमालको उम्मेदवारी

बेंसीसहर : जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा एमालेबाट पूर्णबहादुर गुरुङ र गठबन्धनबाट नेपाली कांग्रेसका मुरली कुमालको उम्मेदवारी परेको छ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मनोनयनमा प्रमुखमा २ जनाको उम्मेदवारी परेको हो। जिल्ला समन्वय समिति लमजुङको उपप्रमुखमा भने नेकपा एमालेको तर्फबाट बुनाकुमारी रिमाल निर्विरोध भएकी छन्। सदस्यमा पनि एमालेको मात्र उम्मेद्वारी परेपछि सबै सदस्य निर्विरोध भएका छन्।

समन्वय समितिको खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेसीशहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मस्र्याङ्दीबाट बविता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा साँखी र अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुराको मनोनयन मात्र परेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए।

आठ वटा स्थानीय तह रहेको जिल्लामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षगरी १६ जनामा एमालेले ९ सिटमा विजयी हासिल गरे पछि जिल्ला समन्वय समिति नेकपा एमालेको एकल बन्ने निश्चित रहेको हो।

लमजुङमा नेकपा एमालेले बेसीशहरमा नगरपालिका, मस्र्याङ्दी गाउँपालिका र क्ब्होलासोंथरमा प्रमुख, उपप्रमुख, दोर्दी गाउँपालिकामा अध्यक्ष, सुन्दरबजार र मध्यनेपालमा उपप्रमुखमा बिजयी हासिलगरी ९ सिट हासिल गरेको छ। सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले ५ र नेकपा माअाेवादी केन्द्रले २ सिट जितेकाे थियाे। जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यहरुका लागि नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रावधान रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.