नुवाकोटमा मुद्धा परेका वडाध्यक्षलाई निलम्बन गर्न पत्र

नुवाकोटमा मुद्धा परेका वडाध्यक्षलाई निलम्बन गर्न पत्र

नुवाकोट : नुवाकोटमा वडाध्यक्षमा निर्वाचित एक जना व्यक्तिकोविरुद्ध विशेष अदालतमा आर्थिक अनियमितता सम्वन्धी मुद्धा चलिरहेको रहस्य खुलेपछि उनी स्वत निलम्वनमा परेका छन्। उनको पद स्वत: निलम्वनमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

भ्रष्टाचारको कसुरमा आयोगवाट विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेको र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुनअनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न सम्वन्धीत निकाय समक्ष लेखी पठाइएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले मंगलवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। भ्रष्टाचारको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका नुवाकोटका हरिराम भण्डारी गत महिना सम्पन्न निर्वाचनवाट  विदुर नगरपालिका-९ को वडाध्यक्षमा निर्वाचित भएको देखिएकोले कानुन अनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकायमा लेखी पठाइएको सहायक प्रवक्ता भण्डारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

बिदुर नगरपालिका-९ स्थित सुलक्षणा माद्यामिक विद्यालयका प्रध्यानाध्यापक हरिराम भण्डारीले विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेकोले कारवाहीका लागि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (क) बमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गत २०७६ साल भदौ २० गते विशेष अदालतमा मुद्दा दायर भई उक्त मुद्दा विचाराधीन रहेको छ।

निर्वाचित वडाध्यक्ष भण्डारीको रकम हिनामिना सम्वन्धि मुद्धा विशेष अदालतमा गत २०७६ साल भदौ २० गतेदेखि चलिरहेको विषयमा विभिन्न निकायमा उजुरी दायर भएपछि अख्तियारले चासो लिएर उनको पद निलम्वनमा परेको जनाएको छ। विदुर नगरपालिका, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासनलगायतका कार्यालयमा रकम हिनामिना सम्वन्धि मुद्धा चलिरहेका व्यक्ति विरुद्ध उजुरी दर्ता भएको थियो।

बहुमत सदस्यले हस्ताक्षर गरेनन्

विदुर नगरपालिकाको कार्यपालिकाको बैठक मंगलबार बसेको छ। बैठकमा बहुमत कार्यपालिका सदस्यहरुले उपस्थिति जनाएनन्।

कार्यपालिकामा रहेका वडाध्यक्ष तथा सदस्यहरुले विशेष अदालमा रकम अनियमितता सम्वन्धि मुद्धाका आरोपी हरिराम भण्डारी वडाध्यक्षमा निर्वाचित भएको र अख्तियारले उनी स्वत निलम्वनमा परेको जनाएपनि भण्डारी वडाध्यक्षका हैसियतमा बैठकमा बसेपछि वहुमत सदस्यहरुले हस्ताक्षर नगरि बाहिरिएको विदुर-१ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य लेनिन रन्जितले जानकारी दिए। २३ सदस्य रहेको कार्यपालिकामा १४ जना सदस्यले हस्ताक्षर गरेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.