बन्चरेडाँडामा झडप हुँदा तीन प्रहरी घाइते, फोहोर बोकेको गाडी फिर्ता आउँदै
काठमाडौं : सुरक्षाकर्मीसहित बन्चरेडाँडा पुगेको फोहोर बोकेका गाडी फिर्ता आउने भएको छ। स्थानीयले फोहोर फाल्न नदिएपछि गाडीहरु काठमाडौं फर्किन थालेको प्रहरीले जनाएको छ।
स्थानीयहरुले फोहोर बोकेको गाडीमाथि तोडफोड गर्न थालेपछि प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको थियो। स्थानीयबासीहरुले डाँडाबाट ढुंगामुढा गर्दा तीन प्रहरीसमेत घाइते भएका छन्।
'बन्चरेडाँडामा स्थानीयहरुले ढुंगामुढा गर्दा तीन जना प्रहरी घाइते भएका छन्। गाडी तोडफोड र प्रहरीमाथि जाइलागेपछि दुई सेल अश्रुग्यास प्रहार भएको थियो,' जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले भने।
उनका अनुसार बन्चरेडाँडामा अहिले पनि दुई सय प्रहरी परिचाल गरिएको छ।