मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

मुस्ताङ : मुस्ताङका किसानलाई आधुनिक प्रविधिको कृषि यान्त्रिकरण उपकरण खेत जोत्ने हाते ट्याक्टर (मिनी पावर टिलर) अनुदानमा वितरण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई मुस्ताङले ५० प्रतिशत अनुदान सहुलियतमा २३ थान हाते ट्याक्टर उपलब्ध गराएको जनाएको छ।

कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र लागत घटाउने उद्देश्यसहित परियोजना कार्यान्वयन ईकाई मुस्ताङले आर्थिक वर्ष २०७८/०७९ को विनियोजित बजेटबाट स्थानीय किसानको माग संकलनका आधारमा ५० प्रतिशत अनुदान दिने गरी हाते ट्याक्टर वितरण गरेको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई मुस्ताङले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २ थान र घरपझोङ गाउँपालिकामा २१ थान खेत जोत्ने आधुनिक प्रविधिको खेत जोत्ने हाते ट्याक्टर वितरण गरेको परियोजना कार्यान्वयन ईकाई मुस्ताङका कार्यालय प्रमुख सुधिर थापाले जानकारी दिए। अनुदानमा खरिद गरिएका २३ थान हाते ट्याक्टर मुल्य २६ लाख ४५ हजार रहेको छ भने एक थान हाते ट्याक्टर मूल्य १ लाख १५ रुपैयाँ परेको छ। किसानले प्रति थान हाते ट्याक्टर खरिद गर्दा ५० प्रतिशत अनुदान पाउँदा ५७ हजार ५ सय रुपैयाँ मूल्य पर्न जान्छ।

यसैगरी परियोजना कार्यान्वयन ईकाई मुस्ताङले कृषि यान्त्रीकरण उपकरण अन्तर्गत घाँस काट्ने रिफर, हाते स्प्रे, मटर चार्जर स्प्रे, सिकेचर करौती, डिजिटल तराजु, पावर स्प्रे र ग्रेडिङ मेसिनलगायतका उपकरण जिल्लाका २७ वटा कृषक, कृषि फार्म, समूह, सहकारी र प्रालि आदीलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ। परियोजना कार्यान्वयन ईकाई मुस्ताङले कृषि यान्त्रीकरण सबै उपकरण आधुनिक कृषि किसान संसार चितवनबाट खरिद गरेको जनाएको छ।

स्याउ, उवा, फापर, जौ, गहुँ, मकै, बोडी, सिमी र आलुलगायतका खाद्यबाली उत्पादनका लागि मुस्ताङका किसानले परम्परागतरुपले गोरु झोपाबाट खेतबारी खन जोत गर्दैआईरहेका छन्। पछिल्लो समय स्थानीय निकाय र कृषिसंग सम्वन्धित अन्य कार्यालयहरुबाट अनुदान सहुलियतमा पावर टिलर हाते ट्याक्टर उपलब्ध गराईपछि उत्साहित भएको वारागुङ–४ पाल्की कृषि तथा पशुपालन फार्मका सानु कान्छा गुरुङले उल्लेख गरे। परम्परागत गोरु झोपाको सहायताले खेतबारी खन जोत गर्दा गोरु झोपा जुटाउनु पर्ने, जनशक्ति खोज्नुपर्ने र समय पनि धेरै लाग्ने हुनाले मुस्ताङका किसानलाई आधुनिक प्रविधिको हाते ट्याक्टर ज्यादै उपयोगी भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.