जिल्ला समन्वय समिति धनुषामा कांग्रेस पदाधिकारी निर्विरोध

जिल्ला समन्वय समिति धनुषामा कांग्रेस पदाधिकारी निर्विरोध

जनकपुरधाम : जिल्ला समन्वयन समिति धनुषामा नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। जिल्ला समन्वयन समितिका प्रमुख, उपप्रमुखसहित सदस्यहरुको मनोनयन दर्ताको समय रहेकोमा ९ जनाको मात्र उम्मेदवारी परेको हो।

प्रमुखमा राजनन्द मण्डल राज, उप–प्रमुखमा संगिता देवी ठाकुरको मात्र उम्मेदवारी परेको हो। यस्तै सदस्यहरुमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापा मगर, फगु यादव, महिला सदस्यहरुमा गितादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतोले मात्र उम्मेदवारी दर्ता गराएको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

उनले जिल्ला समन्वयन समितिका लागि ९ जनाको पद अनुसार उम्मेदवारी परेको बताए। यद्यपी उनीहरुलाई अहिले निर्विरोध घोषणा नगरिएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.