दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट, एकजना घाइते

दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट, एकजना घाइते

काठमाडौं : दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा बुधबार राति कुटपिट भएको छ ।

डिस्कोमा आएका काभ्रेली समूहले बालुवाटारका प्रतिष भाष्कर सिंहलाई कुटपिट गरेका हुन् । 

कुटपिटबाट सिंहको टाउकोमा गम्भीर चोट लागेको छ । 

प्रहरी वृत्त दरवारमार्गका अनुसार उनको टाउकोमा ७ टाँका लगाइएको छ । छाती, पेट र हातखुट्टामा समेत चोट लागेको छ । 

प्रहरीका अनुसार कुटपिट गर्ने समूह फरार छ । उनीहरुविरुद्ध प्रहरी वृत दरबारमार्गमा जाहेरी परेको छ । 

प्रहरी वृत्त दरवारका अनुसार बिहीबार बिहान ३ बजेतिर पीडित युवकमाथि एक समूहले कुटपिट गरेको भन्ने जाहेरी आएको छ । कुटपिट गर्ने समूह फरार छ।'

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। 
 
घटनाको प्रारम्भिक अनुसन्धानमा डिस्कोमा सो समूह आइरहने र मदिराको तालमा दुई समू्हबीच कुटपिट भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त दिनेसराज मैनालीले फरार समूहको खोजि भइरहेको बताए । 

उनले काठमाडौंमा गुण्डागर्दी गर्ने, धम्काउने समूहलाई प्रहरीले नछोड्ने बताए। 

आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिकाका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामालगायत संलग्न रहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.