जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा स्वतन्त्र, उपप्रमुखमा एमाले विजयी

जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा स्वतन्त्र, उपप्रमुखमा एमाले विजयी

दैलेख : जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका  छन् ।

 शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै जिसस प्रमुखमा विजयी भएका हुन् । 

जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गरे । 

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत पाइन् । 

स्वतन्त्र उम्मेदवारी दिएर जिसस प्रमुखमा निर्वाचित शाही नेपाली कांग्रेस दैलेखका उपसभापति हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले साधारण सदस्य समेत नरहने गरी उनलाई पार्टीबाट निष्कासन गरिसकेको छ । 

जिसस प्रमुखमा निर्वाचित शाहीलाई एमालेले सहयोग गरेको थियो । 

कर्णाली प्रदेशमा सबैभन्दा धेरै ११ वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/ उपाध्यक्ष गरी २२ जना मतदाता थिए ।

 जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र समाजवादीका १ जना मतदाताले मतदान गरेका थिए ।

यस्तै, जिल्ला समन्वय समितिको उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका छन् ।

 उनले ११ मत प्राप्त गरेर विजयी भएका छन् । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरिन् । 

जिल्ला समन्वय समितिको ३ जना महिला सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । 

महिला सदस्यमा नेकपा एकीकृत समाजवादीका ११ मत सहित कविताकुमारी गिरी, ११ मतसहित कोकीलाकुमारी खड्का र ११ मत सहित पूर्णा विक निर्वाचित भएका छन् । 

दलित वा अल्पसंख्यक सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी नेकपा माओवादी केन्द्रकी तुल्छा विक ११ मत ल्याएर निर्वाचित भएकी छन् ।

यस्तै, अन्य ३ जना सदस्यमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अंगबहादुर शाही ११ मत र नेकपा माओवादी केन्द्रका फत्तबहादुर डांगी ११ मत सहित विजयी भएका छन् ।

अन्य सदस्यमै स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही ११ मत सहित विजयी भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.