गोसाइँकुण्डमा १५ सय बढी तिर्थयात्रीले मेला भरे

गोसाइँकुण्डमा १५ सय बढी तिर्थयात्रीले मेला भरे

रसुवा : गंगादशहराको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा १५ सय भन्दा बढी तीर्थयात्रीले मेला भरेका छन् ।

१० दिनसम्म सञ्चालन रहेको मेलामा यसपटक १५ सय बढी तीर्थयात्री आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

यसअघिका वर्षहरूमा कोभिड–१९ कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन भएको हो । 

जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका छन् । 

कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा पनि कुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन गरिएको समितिका अध्यक्ष संजिव डिएमले बताए । 

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् ।

 त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ । काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो । काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ । 

त्यसैगरी तीर्थयात्रीले काठमाण्डौँ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी बाटो पनि प्रयोग गर्दै आएका छन् । धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन् । तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन् । 

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् । 

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ । 

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । 

मेला अवधिमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौं काभ्रे, नवलपरासी, चितवन, पोखरा, तराईका अन्य जिल्ला तथा भारतीय पुजारी, तीर्थालु, प्रकृतिप्रेमी, लामाहरू, झाँक्रीहरू गोसाइँकुण्ड जान्छन् ।
गोसाइँकुण्ड क्षेत्रमा त्रिशुलधारा, शिव मन्दिर, भगवानको टाउकोबिनाको ढुङ्गाको मुर्ति र गुफाहरू रहेका छन् । 

त्यहाँ अमरसिंह गुफा, अमरसिंहको चिहान, सिंगुम्बा, फुलुम गुम्बा, यतिको चिहान, लौरीबिना, बौद्धस्तुप र गणेश गौडा रहेका छन् । कुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दुधकुण्डलगायतका थुप्रै कुण्ड रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.